नेपालमा उत्पादन हुने औषधी पनि विदेशबाट आयात, वर्सेनि विदेशिन्छ ३० अर्ब

३० साउन ७६, शुक्रबार

काठमाडौं । औषधी उत्पादनमा नेपाल आत्मनिर्भरतातर्फ उन्मुख छ, तर नेपालमै उत्पादन  हुने औषधी पनि विदेशबाट आयात हुँदा वर्षेनि ३० अर्ब नेपाली रुपैयाँ विदेशिंदै आएको छ । मुटुरोग, एन्टीबायोटिक, मधुमेह, श्वासप्रश्वास सम्बन्धी औषधी नेपालमा पर्याप्त उत्पादन भएपनि विभिन्न देशबाट निर्वाध रुपमा भित्रिरहेका छन् ।

Advertisement

नेपाल औषधी उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहाल भन्छन्-नेपाल औषधी उत्पादकको क्षेत्रमा आत्मानिर्भर हुने प्रयासमा रहिरहेको अवस्थामा यस्तो गतिविधिले नेपाली व्यवसायीहरु निराश छन् । खुला बजार र सरकारको कमजोर नीतिका कारण विदेशी औषधी नेपालमा निर्वाध रुपमा भित्रिरहेका छन्-अध्यक्ष दाहालले भने ।

नेपाल औषधी उत्पादक संघका अनुसार नेपाल ६३ प्रकारका औषधीमा आत्मानिर्भर भईसकेको छ । त्यसमा पनि झोल औषधी र मलममा नेपाल पूर्णरुपमा आत्मानिर्भर भईसकेको अवस्था छ । नेपालमा बर्षको ५५ अर्ब बराबरको औषधी खपत हुने गरेको छ । यी खपत हुने औषधीको ८० प्रतिशत कच्चा पदार्थ भारतबाट आयत हुने गर्दछ ।

Advertisement

यता, भारत औषधी उत्पादन गर्ने राष्ट्रमा विश्वकै तेस्रो ठूलो मुलुक हो । त्यहाँ उत्पादन हुने औषधीको ८५ प्रतिशत कच्चापदार्थ चीनबाट आयात हुन्छ । चीनबाट आयत हुने औषधीको कच्चा पदार्थ भारतले नेपाललाई सोही मूल्यमा उपलब्ध गराए नेपालमा औषधी उत्पादन लागत ४० प्रतिशत सस्तो हुने अध्यक्ष दाहाल बताउँछन्।

उनी भन्छन्–‘नेपालले चीनबाट सिधै औषधीको कच्चा पदार्थ थोरै परिमाणमा ल्याउँदा सस्तो पर्दैन, तर भारतले ल्याएको कच्चा पदार्थ नेपाललाई त्यही रकममा उपलब्ध गराए ४० प्रतिशत लागत घट्छ ।’ विकासन्युज

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top