कसरी अघि बढ्लान् देउवा :राजीनामा कि सत्ता हस्तान्तरण?

२४ माघ ७४, बिहीबार

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचन भइसकेको अवस्थामा राजीनामा दिने वा नयाँ प्रधानमन्त्रीलाई सिधै सत्ता हस्तान्तरण गर्ने विषयमा निकटस्थहरूसँग राय लिन थालेका छन्। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।

निर्वाचन सम्पन्न भएपछि मात्रै सरकारको कार्यभार पूरा हुने बताउँदै आएका देउवाले नयाँ सरकार गठनको बाटो खोल्ने विषयमा छलफल सुरु गरेका हुन्। सत्ता हस्तान्तरण वा राजीनामाको विषयमा प्रधानमन्त्री चाँडै टुंगोमा पुग्ने उद्योगमन्त्रीसमेत रहेका कांग्रेस नेता मानबहादुर विश्वकर्मा बताउँछन्। केही दिनअगाडि मात्रै देउवाले राष्ट्रियसभा निर्वाचनलगत्तै राजीनामा दिने मनस्थितिमा रहेको बताएका थिए।

पछिल्लो समय उनी आफूनिकट नेता तथा कानुनविद्सँग निरन्तर छलफलमा रहेको कांग्रेस नेता बालकृष्ण खाँणले जानकारी दिए। खाँणले भने, ‘उहाँ राजीनामाकै मुडमा हुनुहुन्छ तर अर्को विकल्प पनि उहाँसमक्ष पुगेको छ। त्यो भनेको निर्वाचन आयोगले प्रतिनिधिसभाको सम्पूर्ण नतिजा राष्ट्रपतिकहाँ पु¥याएपश्चात आफैंले प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि बढाउने र नवनिर्वाचित प्रधानमन्त्रीलाई कुर्सी हस्तान्तर गरेर बिदा लिने’, उनले भने।

Advertisement

बिहीबार दिउँसोसम्ममा राष्ट्रियसभाको नतिजा आइसक्ने र साँझ नै निर्वाचन आयोगले दलहरूलाई प्रतिनिधिसभाको समानुपातिक विजयी उम्मेदवारको सूची पठाउन पत्राचार गर्ने तयारी गरेको छ। आयोगको तयारीअनुसार फागुन १ सम्ममा समानुपातिकतर्फका विजयी उम्मेदवारको अन्तिम काम सकिइसक्छ। त्यसपछि आयोग फागुन ३ मा प्रतिनिधिसभाको मतपरिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी गरेको छ।

राष्ट्रपतिले आयोगबाट प्रतनिधिसभाको सम्पूर्ण नतिजा पाएसँगै नयाँ प्रधानमन्त्री चयनप्रक्रिया अगाडि बढाउने छिन्। प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले कानुनबमोजिम जे ठिक हुन्छ, त्यसैअनुसार अघि बढ्ने मनस्थितिमा प्रधानमन्त्री रहेको बताए।

Advertisement

प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नतिजा आएसँगै वाम गठबन्धनका नेताहरूले प्रधानमन्त्रीको राजीनामा माग्दै आएका छन्। तर देउवाहित कांग्रेस नेताहरूले राष्ट्रियसभाको अड्को थापेपछि विवाद देखिएको थियो।

नेता खाँणले राष्ट्रियसभा निर्वाचन र प्रदेशसभा बैठकका कारण केन्द्रीय शीर्ष नेता उपत्यकाबाहिर रहेकाले सबै फर्किएपछि निष्कर्षमा पुग्ने गरी छलफल हुने बताए। ‘प्रधानमन्त्रीले यस सन्दर्भमा केही दिनअघि पार्टी बैठकमै कुरा राख्नुभएको थियो तर सार्थीहरूले राष्ट्रियसभा निर्वाचनसम्म पर्खन आग्रह गर्नुभएको हो’, उनले भने।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top