×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

विदेश घुम्न जनप्रतिनिधि र कर्मचारीको लर्को

१ भाद्र २०७६

१ भदौ, काठमाडौँ ।
जनप्रतिनिधि र कर्मचारीको विदेश भ्रमण मोह बढेको छ । तालिम, अध्ययन र अनुभव आदानप्रदानका नाममा ठूलो संख्यामा जनप्रतिनिधि तथा कर्मचारी विदेश जाने गरेका छन् । भ्रमणपछिको उपलब्धि भने केही देखिएको छैन । सरकारले जनप्रतिनिधिको विदेश भ्रमणलाई कडाइ गरे पनि विदेश जानेको संख्या बढेको छ ।

सरकारले विदेश यात्रालाई व्यवस्थित, मर्यादित र मितव्ययी बनाउन ‘विदेश भ्रमण सम्बन्धी निर्देशिका’ जारी गरेको छ । तर कर्मचारी र जनप्रतिनिधिले त्यसको अवज्ञा गरेका छन्। अधिकांश भ्रमण व्यवस्थापन एनजीओ रआईएनजीओले गर्छन् । उनीहरूले मुलुकको हितका लागि भन्दा पनि आफ्नो स्वार्थ पूर्ति गर्न कर्मचारी र जनप्रतिनिधिलाई विदेश लाने गरेका छन् ।

Advertisement
Advertisement

संघीय मालिमा तथा सामान्य प्रशासन मन्त्रालयबाट विदेश जानेको संख्या अघिल्लो दुई वर्षको तुलनामा दोब्बर छ । दुई वर्षमा २५४ जना जनप्रतिधि र कर्मचारीले विदेश भ्रमण गरेका छन् । आव ०७४–७५ भन्दा ०७५–७६ मा विदेश जानेको संख्या दोब्बर बढी छ । आव ०७५–७६ मा १६७ जना जनप्रतिनिधि तथा कर्मचारी विदेश घुमेका थिए । ०७४–७५ मा ७० जना विदेश भ्रमणमा गएका थिए ।

गत आवमा सबैभन्दा धेरै स्थानीय तहका कर्मचारी विदेश गएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांक छ। स्थानीय तहबाट ६२ जना कर्मचारी विदेश भ्रमणमा गएका छन् । मन्त्रालय प्रवक्ता भूपाल बरालले अध्ययन, भ्रमण र तालिमका लागि स्थानीय तहका पदाधिकारी र कर्मचारीले विदेश भ्रमण गरेको बताए ।

उनले दाताको खर्चमा मात्रै मन्त्रालयले भ्रमणको स्वीकृति दिने गरेको स्पष्ट पारे। ‘सरकारी खर्चमा पठाउँदैनौं,’ उनले भने, ‘दाताकै खर्चमा क्षमता विकास, तालिमका लागि स्वीकृति दिन्छौं ।’ उनका अनुसार तालिम र क्षमता विकासका लागि चीन र जापानले धेरै कर्मचारी र जनप्रतिनिधिलाई बोलाउने गरेका छन् ।

सबैभन्दा बढी जनप्रतिनिधि र कर्मचारी चीन र त्यसपछि जापान भ्रमणमा गएका छन् । मलेसिया, कोरिया, नेदरल्यान्ड, थाइल्यान्ड, फिलिपिन्स, भारत, स्विजरल्यान्ड, इन्डोनेसिया, जर्मनी, अमेरिका, भियतनाम, न्युजिल्यान्ड, भुटान, अस्ट्रेलिया भ्रमणमा पनि उनीहरू गएका छन् । यसरी विदेश जानेमा मन्त्री लालबाबु पण्डित, सहसचिव र उपसचिव पनि छन् ।

स्थानीय तहका कर्मचारी धेरै

आव ०७५–७६ मा ६२ स्थानीय तहका कर्मचारी विदेश भ्रमणमा गएका छन् । यसरी जानेमा अधिकांश गाउँपालिका र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छन् । जिल्ला समन्वय अधिकारी र केही इन्जिनियर पनि विदेश गएका छन् ।

लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति महत, घरपझोड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मैया कँडेल, जिल्ला प्राविधिक कार्यालय सिन्धुलीका इन्जिनियर पुरुषोत्तम महर्जन, शिवसाक्षी नगरपालिका झापाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, शम्भुनाथ नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङ छन् ।

सुखीपुर नगरपालिका सिरहाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई, मरिण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर थिङ, प्रसौनी गाउँपालिका बाराका सुनिलप्रसाद केसरी, काठमाडौं महानगरपालिकाका सहसचिव राजेश्वर ज्ञवाली, कलैया उपमहानगरपालिका सहसचिव टोकराज पाण्डे, शैलुङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश विश्वकर्मा सुनार विदेश भ्रमणमा गएका छन् ।

विदेश भ्रमण गर्नेमा लिसंखु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरञ्जन पाख्रिन, लाँलीगुराँस नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद धिताल, बेल्कोटगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीरामणि सुवेदी, जिल्ला प्राविधिक कार्यालय गोरखाका डिभिजनल इन्जिनियरद्वय रामकुमार श्रेष्ठ र रवीन्द्र तिवारी छन् ।

केराबारी गाउँपालिका मोरङका प्रमुख प्रशासकीय अधिकृत डमरुबल्लभ बराल, सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेल, रौतामाई गाउँपालिकाका खम्बराज राई, इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोका र जिल्ला समन्वय समिति दोलखाका शाखा अधिकृत शमशेरबहादुर राईले विदेश भ्रमण गरेका छन् ।

विदेश भ्रमणमा जाने अन्य कर्मचारीमा रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद चापागाईं, गोडैता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकासकुमार रजक, फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बे र कर्जनाह नगरपालिका सिरहाका प्रमुख प्रशासकीय अधिकृत रमेशकुमार दास छन् ।

दाताको खर्चमा विदेश जानेमा गौरीगन्ज गाउँपालिकाका नासु अजयकुमार साह, जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत दीपक सुवेदी, विराटनगर महानगरपालिकाका कुमारप्रसाद दाहाल, सुनवल नगरपालिकाका उपसचिव रामलाल श्रेष्ठ छन् ।

यस्तै जिल्ला समन्वय समिति गुल्मीका जिल्ला समन्वय अधिकारी प्रह्लाद पोखरेल, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार लामिछाने, जिल्ला समन्वय समिति दोलखाका जिल्ला समन्वय अधिकारी तुलसी गौतम, जिल्ला समन्वय समिति नुवाकोटका जिल्ला समन्वय अधिकारी अच्युतराज उप्रेती विदेश भ्रमणमा गएका कर्मचारीको सूचीमा छन् ।

बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश राउत, पोखरिया नगरापालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु शाह पनि विदेश गएका छन् । घरपोझाङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मैया कँडेल एकै वर्र्षमा दुईपटक चीन गएकी छन् ।

विदेश जाने अन्य कर्मचारीमा महालक्ष्मी नगरपालिका ललितपुरका प्रमुख प्रशासकीय अधिकृत मेखबहादुर मंग्राती, बगलामुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रबहादुर ओली, चखेली गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत धु्रवप्रसाद फुँयाल, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भीष्म भुसाल, जिल्ला समन्वय समिति कालिकोटका समन्वय अधिकारी कोमलप्रसाद धमला, बेलबारी नगरपालिका मोरङका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल छन् ।

विदेश जाने अन्य स्थानीय तहका कर्मचारीमा भरतपुर नगरपालिकाकी उपसचिव सिर्जना थपलिया, पोखरा महानगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर सोभियत खड्का, जिल्ला समन्वय समिति लमजुङका समन्वय अधिकारी अन्तरबहादुर सिलवाल, राजगढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव झा, शम्भुनाथ नगरपालिकाका विष्णुप्रसाद गुरुङ, गढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणीन्द्रप्रसाद भट्टराई, नागार्जुन नगरपालिका काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, ईश्वरपुर नगरपालिका सर्लाहीका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर थापा छन् ।

ललितपुर महानगरपालिकाका उपसचिव विदुरप्रसाद धिमाल, कालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका सिनियर इन्जिनियर प्रवीण कार्की र बूढीगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले विदेश जाने मौका पाएका छन् ।

यस्तै बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहाल, कीर्तिपुर नगरपालिकाका वरिष्ठ इन्जिनियर बालकृष्ण महर्जन, गोनही नगरपालिकाका शाखा अधिकृत मनोजकुमार रजक, वीरगन्ज महानगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर अखल्यक अहमद सिद्धिकी, कमलामाई नगरपालिका सिन्धुलीका इन्जिनियर बिनोदबाबु खकुराल विदेश गएका छन् ।

विदेश घुम्ने जनप्रतिधि

नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवलशममेर राणा, बेसीसहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल, नीलकण्ठ नगरपालिकाका मयेर भीमप्रसाद ढुंगाना, बासगढी नगरपालिका मेयर शालिकराम अधिकारी र भेरीगंगा नगरपालिकाकाका उपमेयर रेणु आचार्य विदेश गएका छन् । उनीहरू ५ दिने स्थानीय तहको क्षमता अभिवृद्धि कार्यक्रमका नाममा भ्रमणमा गएका थिए ।

कटहरिया नगरपालिका मेयर सियारामप्रसाद कुशवाह, बलेफी गाउँपालिकाकी उपमेयर कमला कायस्थ, शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी, बूढीनन्दा नगरपालिकाकी उपमयेर सृष्टि रेग्मी र खडानन्द नगरपालिकाकी उपमेयर मेरिका राई ग्रामीण विकासको तालिमका लागि जापान गएका थिए । उनीहरु २० दिनसम्म जापान बसेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग स्वीकृत नलिई पनि कतिपय स्थानीय तहबाट विदेश भ्रमण गएका छन् । मन्त्रालयका प्रवक्ता बरालले कतिपय कर्मचारी थाहै नदिई विदेश भ्रमणमा जाने गरेको बताए ।

‘मन्त्रालयको स्वीकृति अनिवार्य रूपमा लिनुपर्छ,’ बरालले भने, ‘तर थाहा नदिई पनि गएको भन्ने सुनिएको छ ।’ उनले उद्देश्य नहेरी मन्त्रालयले स्वीकृति नदिने बताए ।

गृहबाट १०७ कर्मचारी

गत आवमा गृह मन्त्रालयबाट १०७ जना कर्मचारीले विदेश भ्रमण गरेका छन्। सचिव प्रमेकुमार राई स्विजरल्यान्ड र थाइल्यान्डको यात्रा गरेका छन् । सबैभन्दा धेरैपल्ट सहसचिव रामकृष्ण सुवेदी विदेश भ्रमणमा गएका छन्। उनले फिलिपिन्स, अस्ट्रिया, भियना, इटाली, थाइल्यान्ड, भारत, चीन र बंगलादेश गएका छन् ।

Advertisement

विदेश भ्रमण गर्नेमा सुवेदीलगायत १५ सहसचिव छन् । यस्तै ४६ उपसचिव, ४३ शाखा अधिकृत र २ राजपत्रअनंकित कर्मचारी विदेश गएको गृहको तथ्यांक छ । अधिकांश भ्रमण सहभागिताका लागि भएको गृहको अभिलेखमा उल्लेख छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

भर्खरको समाचार

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top