×

NEPAL TIMES UPDATES

Playing
सांसदलाई स्वर्णिमले के भने पढाए ?बालेन सरकारलाई औंला ठड्याएर खबरदारी || Nepal Times
Mar 17, 2026
Playing
इरानका वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानी मारिएकै हुन् ?|| Nepal Times
Mar 17, 2026
Playing
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन तयार, कहिले सार्वजनिक ? || Nepal Times
Mar 17, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-03-2082 || Nepal Times
Mar 17, 2026
Playing
लामिछानेको मुद्दामा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ मा, सोही दिन फैसला || Nepal Times
Mar 17, 2026
Playing
अली लारीजानीसहित कयौं इरानी शीर्ष नेता मारिए?’समुन्द्री दैत्य’ ज ल्यो || Nepal Times
Mar 17, 2026
Playing
सीको किताब ज लाएको भन्ने घट नामा Chinaको चासो,कार बाही गर्न माग || Nepal Times
Mar 17, 2026
Playing
बालेन सरकारले के गर्नुपर्छ ? के गर्नुहुँदैन ?केही हुन्छ भन्ने पुनर्जन्म || Nepal Times
Mar 17, 2026
Playing
खाडीमा नेपाली,कस्तो छ सरकारको उद्धारको तयारी ? || Nepal Times
Mar 17, 2026
Playing
जतिसुकै आ*क्र*मण गरेपनि Iranको सत्ता नढल्ने अमेरिकी गुप्तचरको निष्कर्ष || Nepal Times
Mar 17, 2026

समायोजनले रित्तिए अस्पताल

३ भाद्र २०७६

३  भदौ, धनगढी।

कर्मचारी समायोजनले चिकित्सकविहीन सुदूरपश्चिमका अस्पतालको अवस्था दयनीय बनेको छ ।

Advertisement

अस्पतालमा चिकित्सक नहुँदा सर्वसाधारणले सामान्य रोगको उपचार पनि नपाउने अवस्था बन्दै गएको छ। प्रदेशकै रेफरल अस्पतालका रुपमा रहेको सेती अञ्चल अस्पतालले पनि चिकित्सक अभावकै कारण सहज सेवा दिन सकेको छैन ।

सुदूरपश्चिमका सात पहाडी जिल्लामा त सामान्य बिरामीले समेत उपचार पाउन नसक्दा महिनौंदेखि रोग पालेर बस्नुपर्ने अवस्था छ । गम्भीर प्रकृतिका रोगमा उपचार नपाएर अकालमै ज्यान गुमाउनु यस क्षेत्रका पहाडी जिल्लाका बिरामीको नियतिजस्तै बनेको छ ।

प्रदेशमै अत्याधुनिक सेवासहितको अस्पताल आवश्यक भइरहेका बेला कर्मचारी समायोजनका कारण यहाँका अस्पतालमा कार्यरत चिकित्सक समेत बाहिर गएपछि बिरामीले सामान्य उपचार पनि पाउन नसक्ने अवस्था आएको छ ।

‘विपन्न जनता उपचारका लागि जाने भनेकै सरकारी अस्पताल हुन्,’ कैलालीको मसुरियाबाट उपचारका लागि सेती अञ्चल अस्पताल आएका लहानु चौधरीले भने, ‘यहाँ भएका चिकित्सक पनि समायोजनको निहुँमा अन्यत्र पठाइएपछि अब उपचार नै नपाइने भयो ।’

चिकित्सक थप्नुपर्नेमा भएकालाई पनि समायोजनका नाममा बाहिर पठाइएपछि विपन्नले रोग पालेर बस्नुपर्ने अवस्था आएको बताउँदै उनले भने, ‘अब त आफ्नै गाउँठाउँमा सामान्य बिमारको पनि उपचार नपाइने भयो ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कर्मचारी समायोजनको मारमा सुदूरपश्चिमका अस्पताल परेका छन् । यसै कारण सुदूरपश्चिमका अस्पताल डाक्टरविहीन बनेका हुन् । सुदूरपश्चिम प्रदेशका अस्पतालमा कार्यरत नवौं, दसौं र एघारौं तहका डाक्टरको पदस्थापन अन्यत्र भएकाले समस्या आएको हो ।

धनगढीस्थित सेती अञ्चल अस्पताल, महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पताल, टीकापुर अस्पताल र मालाखेती अस्पतालमा नवौं तहभन्दा माथिका धेरै डाक्टरको पदस्थापन प्रदेश बाहिरका अस्पतालमा भइसकेको छ । सुदूरपश्चिमबाट ११ जना विशेषज्ञ डाक्टरको अन्य प्रदेशमा पदस्थापन भएकोमा सुदूरपश्चिम प्रदेशमा बाहिरबाट एकजना मात्रै विशेषज्ञ डाक्टर आउने भनी सार्वजनिक भएको छ ।

सेती अञ्चल अस्पतालमा ११औं तहका तीन, १०औं तहका चार र नवौं तहका चार गरी ११ विशेषज्ञ डाक्टर कार्यरत रहेकोमा स्वास्थ्य मन्त्रालयले आठजनाको अन्यत्रै समायोजन गरी पदस्थापन गरेको छ । सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले समायोजनमा परी यहाँका विशेषज्ञ डाक्टर अन्य प्रदेशमा गएको र अन्यत्रबाट यहाँ नआएकाले बिरामीको उपचार गर्न कठिनाइ भएको बताए ।

‘११ औं तहको म, १०औं तहका खगेन्द्र भट्ट र नवौं तहका जगदीश जोशीले मात्र यही प्रदेश रोज्यौं । त्यसैले हामीमात्र यसै अस्पतालमा छौं,’ उनले भने, ‘अन्य डाक्टर बाहिर गएकाले सेती अञ्चल अस्पतालका वार्ड नै बन्द हुने अवस्थामा आएको छ ।’ भदौमा सेवानिवृत्त हुने डा. बिसनसिंह बोहरालाई अहिले फाजिलमा राखिएको उनले बताए । नागरिक दैनिकबाट

भर्खरको समाचार

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

सम्बन्धित खबरहरु

Scroll to Top