विप्लव समूह र राजावादी शक्तिबाट राज्य प्रणालीमा प्रहार : प्रधानमन्त्री

४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा समसामयिक राजनीतिक विषयमा मात्रै छलफल भएको छ ।

बालुवाटारमा करिब साढे दुई घण्टा चलेको बैठकमा प्रधानमन्त्री ओलीले दक्षिणपन्थी र उग्रवामपन्थीबाट राज्य प्रणालीमाथि प्रहार हुन लागेको भन्दै प्रमुख राजनीतिक दलहरु एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व लिएको १७ महिनापछि पहिलो पटक सर्वदलीय बैठक बोलाएर यस्तो सहयोगको आग्रह गरेका हुन्। बैठकमा प्रतिपक्ष कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुप्रति असहिष्णु बनेर काहिँ पुग्न नसकिने भन्दै सरकारका काम कारबाहीमै परिवर्तन गर्न आग्रह गरेका थिए ।

Advertisement

संसदप्रति पूर्ण उत्तरदायी बन्दै सरकारले ल्याएका विवादास्पद विधेयकहरु फिर्ता लिन देउवाले आग्रह गरेका थिए । मिडियालाई नियन्त्रण गर्नेगरी विधेयकहरु आएको भन्दै त्यसप्रति आपत्ति समेत प्रकट गरेको बैठकमा सहभागी एक नेताले बताए ।

बैठकमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले संविधान संशोधन लगायतका विषयमा आफ्नो पार्टीले राखेको माग पूरा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

Advertisement

राजपा अध्यक्ष राजकिशोर यादवले पनि संविधान संशोधनको मुद्दालाई अघि सारेका थिए । बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र संसदीय दलका उपनेता सुवास नेम्वाङले संक्रमणकालीन न्याय सम्बन्धी दुई आयोगका पदाधिकारीको नियुक्तिको विषयलाई चाडै नै टुंग्याइने बताए । सर्वदलीय बैठकको छलफलको एजेण्डामा भने यो विषय प्रवेश नभएको बालुवाटार स्रोतले बताएको छ ।

बैठकमा विपक्षी नेताहरुले प्रधानमन्त्रीको स्वास्थ्यस्थितीका बारेमा पनि चासो राखेका थिए । प्रधानमन्त्री ओलीले बाहिर विभिन्न हल्लाहरु आइरहेको भन्दै आफ्नो स्वास्थ्यमा ठूलो समस्या देखा नपरेको बताएका थिए । ‘मृगौला प्रत्यारोपण गरेको पनि छैन, गर्नुपर्ने अवस्था पनि छैन । औषधीहरु मात्रै मिलाउनु परेको मात्रै हो, केहि दिनमा म फर्किहाल्छु’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । कान्तिपुर दैनिकबाट

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top