क्वालालाम्पुर : विवादास्पद भारतीय धर्मगुरु जकिर नायकले मलेसियामा रंगभेदी अभिव्यक्ति दिएकोमा माफी मागेका छन् । प्रहरीले प्रश्न गरेको भोलिपल्टै उनले माफी मागेका हुन् । जकिरमाथि भारतमै मुद्रा अपचलन तथा घृणायुक्त अभिव्यक्ति फैलाएको मुद्दा थियो ।
उनले मलेसियामा यहाँको वहुसंख्यक समुदायलाई रंगभेदी अभिव्यक्ति दिएका थिए । मंगलबार उनले आफ्नो उद्देश्य कसैलाई होच्याउने नभएको भन्दै आफ्ना अभिव्यक्तिले कसैलाई हानी पुगेको भए माफी चाहने बताए । स्थानीय मिडियाका अनुसार उनलाई मलेसियाको प्रहरीले सार्वजनिक अभिव्यक्ति दिन प्रतिबन्ध पनि लगाएको छ ।
