नेपाली सेनासम्बन्धी बृहत् प्रदर्शनी सुरु

२४ माघ ७४, बिहीबार

काठमाडौँ– महाशिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाले त्रिदिवसीय बृहत् प्रदर्शनी आयोजना गरेको छ ।  ‘नेपाली सेना इतिहासदेखि वर्तमानसम्म’ शीर्षकमा आयोजित प्रदर्शनीको आज यहाँ आयोजित कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गरे ।

नेपाली सेनाको प्रधान कार्यालय परिसरमा आयोजित उक्त प्रदर्शनीमा नेपाली सेनाले आफ्नो स्थापनाकालदेखि विभिन्न कालखण्डमा राष्ट्र र जनताप्रति समर्पित भई गरेका गौरवगाथा समेटिएका तस्वीरदेखि लिएर हातहतियार, ऐतिहासिक तथा हालका उपकरण र अन्य सैन्य सामग्री राखिएका छन् ।

नेपाली सेनाले आफ्नो जिम्मेवारी निर्वाहका क्रममा सम्पादन गरेका जोखिमपूर्ण काम, मुलुकको विकास–निर्माणका योगदान, विश्वका विभिन्न भागमा शान्ति स्थापना गर्न शान्तिसेनामार्फत गरेको सेवा, दैवी विपत्ति तथा आपत्कालीन अवस्थाका उद्धार तथा खोजलगायत विषय ‘शब्दचित्र र तस्वीर’मा समेटिएका सामग्री पनि प्रदर्शनीमा समावेश गरिएको छ

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top