श्रीमती र २ वर्षीय छोरालाई घरभित्र थुनेर आगो

५ भदौ २०७६, बिहीबार
Share this
741shares

 ५ भदौ, काठमाडौं ।
धादिङको
सिद्धलेक गाउँपालिका–१ धारापानीका गणेश लम्सालले श्रीमती र २ वर्षीय छोरालाई घरभित्रै थुनेर आगो लगाएका छन् । 

Advertisement

 

घरायसी विवादका कारण श्रीमती विमला दराइ लम्साल र छोरा जेनिस लम्साललाई सोमबार मध्यराति धन्सारमा थुनी तारपिन तेल छर्किएर आगो लगाई धन्सारको जस्तापाता झिकेर भागेका थिए ।

Advertisement

बलिरहेको आगोको लप्काको बीचबाटै छोरा बोकेर विमला सोही जस्तापाता निकालेको ठाउँबाट बाहिर हामफालेर गुहार मागेपछि घटनाबारे स्थानीयले थाहा पाएको धादिङ प्रहरीले जनाएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा मनीष दुवाडीले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top