क्याम्पस प्रमुखको कार्यकक्षको तालाबन्दी खोल्न एक वर्ष लाग्यो

६ भदौ, विराटनगर । एक वर्षदेखि तालाबन्दी रहेको विराटनगरको स्नातकोत्तर(डिग्री) क्याम्पसको ताला खुलेको छ ।

महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक महेश खत्री क्याम्पस प्रमुखमा नियुक्त भएर आएपछि आन्दोलित स्नातकोत्तर क्याम्पसका प्राध्यापकहरुले गरेको तालाबन्दी खुलेको हो । संवाद समूह मोरङमा भएको संवादमा ताला खुलाउने बारेमा सर्वपक्षीय छलफल भएको थियो ।

Advertisement

संवादमा प्राज्ञिक क्षेत्र विभाजित हुन नहुने, शैक्षिक क्षेत्रलाई बन्दी बनाउने काम रोक्न सबैले पहल थाल्ने निर्णय भएको थियो । त्यस्तै क्याम्पस प्रमुख महेश खत्रीलाई सहयोग गरेर जानुको विकल्प नरहेकोले क्याम्पस प्रमुखले आगामी दिनको योजना निर्माण गरी कर्मचारी, प्राध्यापकहरु बीचमा बैठक बोलाउनपत्र लेख्ने, प्रमुखले बैठक बोलाएर वातावरण सहज बनाउने र क्याम्पसको ताला खोल्न प्राध्यापकले भूमिका खेल्ने निर्णय भएको थियो ।

तत्काल देखिएको विवाद क्याम्पसबाट नै समाधानको पहलगर्ने र दलको तर्फबाट सहजीकरण गर्नका लागि तयार रहेकोले केहीदिनभित्रै ताला खोल्न पहल थाल्न सबै सहमत भएको एक महिनापछि ताला खुलेको हो ।

Advertisement

संवादपछि क्याम्पस प्रमुख खत्रीले प्राध्यापकहरुसँग छलफल सुरु गरेका थिए । प्राध्यापक संघले पनि इकाई कमिटीको बैठकपछि ताला खोल्ने निर्णय भएपछि शुक्रबार ताला खोलिएको प्राध्यापक संघ डिग्री क्यापस इकाई सभापति टुनाराज भट्टराईले जानकारी दिए ।

विराटनगर १४ मा रहेको स्नातकोत्तर (डिग्री) क्याम्पसमा क्याम्पस प्रमुखको नियुक्तिको बिषयलाई लिएर गएको भदौमा प्रमुखको कार्यकक्षमा तालाबन्दी भएको थियो ।

कार्यकक्षमै तालाबन्दी गरिएपछि भदौ २६ गते त्रिविबाट नियुक्ति लिएर २७ गते पदभार ग्रहण गर्न आएका नवनियुक्त क्याम्पस प्रमुख महेश खत्री कार्यकक्ष बाहिरैबाट कार्यसम्पादन गर्दै आएका थिए ।

महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक खत्रीलाई नियमविपरीत त्रिविले क्याम्पस प्रमुखमा नियुक्त गरेको विरोधमा तालाबन्दी गरिएको प्राध्यापक संघ संगठनले आरोप लगाउँदै तालाबन्दी गरेका थिए ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top