रथयात्रामा के भन्दै थिए ? मोरङ प्रहरी प्रमुख अधिकारी

८ भदौ, विराटनगर । लाखौं श्रद्धालुको भीड । अनि त्यो भीडमा पेशेवर देखि नवआगन्तुक लुटेराहरु । र ति लुटेराहरुलाई त्यो लाखौंको भिडबाट पहिचान गरी प्रहरीले छानिछानि पक्राउ गर्नुपर्ने । साच्चै चुनौतीको पहाड थियो नेपाल प्रहरीलाई ।

तर, ती चुनौतीहरु सामना गर्न नेपाल प्रहरी हरेक क्षणमा सफल भयो । नागरिकको सिक्री तान्ने अर्थात लुटने , मोवाईल चोरी गर्ने तथा बिभिन्न आवांछित गतिबिधिमा संलग्न रहेकाहरु मध्ये ५५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि प्रहरीले तत्कालै आवश्यक छानविन अघि बढाएको छ ।

Advertisement

नेपाल टाईम्सले यस विषयमा थप बुझदा , जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिउजुले विगतका बर्षहरु भन्दा सुरक्षा अवस्था कडा पारिएकै कारण आवांछित गतिबिधि गर्नेहरुलाई तत्कालै नियन्त्रणमा लिएको बताए । पक्राउ परेकाहरु मध्ये अधिकांश भक्तजनको सिक्री लुट्ने, मोवाईल चोरी गर्ने कार्यमा संलग्न रहेकाहरु रहेको प्रहरीले जानकारी दिएको छ । डिएसपी खिउजुले पक्राउ परेकाहरुलाई आवश्यक अनुशन्धानसहित जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर सोधपुछ गर्ने कार्य भईरहेको बताए ।

रथयात्रा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले रथयात्रालाई मध्यनगर राख्दै १७ सय प्रहरी परिचालित गरेको थियो ।

एस.पी.अधिकारीले नगरवासीको मन जिते
प्रहरी संगठन भित्र नै अपराध अनुसन्धानमा अग्रपङितमा रहने तथा सामाजिक सुरक्षालाई पहिलो प्राथमिकतामा राखी नाम कमाएका प्रहरी अधिकारी हुन एसपी विश्व अधिकारी । धेरै होइन , ३ महिना मात्र भएको छ एसपी अधिकारी मोरङमा प्रहरी प्रमुख भएर आएको । यो समय अवधिमा श्रीराधाकृष्ण रथ यात्रामा अधिकारीको नेतृत्वमा खटिएका प्रहरीहरुको क्वीक रेस्पोन्स र उनीहरुको सेवाभाव र विराटनगरवासीसँगको सम्बन्ध दृश्यमा कैद गर्न सफल भयौं ।

बिराट नर्सिङ होम छेउ छाउ रथ पुग्नै लाग्दा एस पी अधिकारी स्वंम उपस्थित भएर दर्शनार्थीहरुलाई भन्दै थिए , आमा दिदीबहिनीहरु सुरक्षित महशुस गर्नु भएको छ नि ? चिन्ता नलिनुस , ढुक्क रहनुस हामी प्रहरी तपाईको नजिकै छौं,तपाईसँगै छौ ।

 

केही परे १०० मा फोन गर्नुहोस वा तत्कालै नजिकै रहेको प्रहरीलाई जानकारी गराउनुस् । यति सुन्दै उपस्थित भक्तजन तथा दर्शनार्थीहरु भन्दै थिए, हजुर धन्यवाद , भगवान राधाकृष्णको दया र तपाईहरुको सुरक्षाले केही भएको छैन ।
फोटो फिचर ….

 

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top