×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

भरतपुरमा ५ जना बढी भेला हुन नपाउने प्रशासनको आदेश

९ भाद्र २०७६

९ भदौ, भरतपुर । पूर्व सहकर्मीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने पक्राउ परे लगत्तै भरतपुर क्षेत्रमा शुरु भएको समर्थकको प्रदर्शन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी र अदालत आसपासमा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले पाँच जना भन्दा बढी भेला हुन नपाउने आदेश जारी गरेको छ ।

१० दिनअघि पक्राउ परेका लामिछानेसहित तीन जनाविरुद्ध आइतबार अदालतमा मुद्दा दायर भएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आइतबार साँझ जारी गरेको आदेशमा पूर्वमा भरतपुर बाइपास सडकको आन्तरिक राजश्व कार्यालयदेखि घरेलु कार्यालय चोकसम्म, पश्चिममा चौबिसकोठी क्षेत्रको पूर्व–पश्चिम राजमार्गमा पर्ने सप्तगण्डकी अस्पताल चोकसम्म प्रशासनले पाँच जना भन्दा बढी भेला हुन रोक लगाएको छ ।

Advertisement
Advertisement

त्यस्तै राजश्व कार्यालयचोकदेखि पश्चिम भरतपुर अस्पताल चोक, पूरानो मेडिकल कलेज चोक, नारायणी मावि चोक र कृषि ज्ञान केन्द्र चोक हुँदै चौबिस कोठी क्षेत्रमा पनि निषेध कायम लागू हुने जनाइएको छ ।

त्यसैगरी घरेलु कार्यालय चोकदेखि पश्चिम दूरसञ्चार सडक हुँदै सप्तगण्डकी अस्पताल र पूर्व–पश्चिम राजमार्गसम्म पनि प्रशासनले पाँचजना भन्दा बढी भेला हुन नपाउने आदेश गरेको हो ।
‘प्रहरीको न्यायिक हिरासतमा रहेका न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता लामिछाने लगायतको रिहाइ माग गर्दै प्रदर्शनमा उत्रिएकाबाट भरतपुर–१० मा मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक निरुपण गर्ने निकायहरुको क्षेत्रमा हुलदंगा र अशान्ति हुन सक्ने देखेर आदेश जारी भएको हो’ प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ ।

तोकिएका क्षेत्रमा सोमबार बिहान ६ बजेदेखि अर्को सूचना जारी नहुँदासम्म पाँच जना भन्दा बढी भेला हुन नपाउने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

गएको साउन २० गते नारायणगढको कंगारु होटलमा काठमाडौंमा कार्यरत सञ्चारकर्मी शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । प्रहरीले घटनास्थलमा बरामद गरेको पुडासैनीको मोबाइल फोनमा एउटा भिडियो भेटिएको थियो । उक्त भिडियोमा आफूलाई लामिछानेलगायतका व्यक्तिहरुले आत्महत्या गर्न बाध्य पारेको शालिकरामको सन्देश थियो ।

पुडासैनी पहिला लामिछानेले सञ्चालन गर्ने टेलिभिजन कार्यक्रमकै टिमका सदस्य थिए । केही सयमअघि मात्रै उनी त्यो समूहबाट बाहिरिएका थिए । साउन ३० गते राति काठमाडौंबाट लामिछाने र अन्य दुई जना पक्राउ परेका थिए ।

प्रहरीले त्यसै राति उनीहरुलाई चितवन ल्याएको थियो । साउन ३१ गतेदेखि नै भरतपुरको चौबिसकोठी, जिल्ला प्रहरी कार्यालय र अदालत अगाडि प्रशंसकहरु भेला भएर लामिछानको रिहाइ माग गर्दै नाराबाजी शुरु गरेका हुन् ।

त्यसयता दिनहुँ प्रदर्शन जारी छ । मुद्दा दायर हुने दिन आइतबार प्रदर्शनकारीको संख्या अत्याधिक बढेको थियो । लामिछानेलगायतका विरुद्ध अदालतमा मुद्दा दायर भएर प्रक्रिया शुरु भए पनि उनीहरुले रिहाइको माग गर्दै प्रहरी कार्यालय सामुन्नेको चोकमा लगातार नाराबाजी गरेका थिए ।

उनीहरुलाई हटाउन प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको थियो । जिल्ला अदालतमा हिजो रुकु भनिने अस्मिता कार्कीको बयान लिने काम सकिएको छ । आज रवि लामिछाने र युवराज कँडेलको बयान लिने काम हुनेछ ।

Advertisement

उनीहरुको बयान लिने काम हुने भएका कारण पनि उनका समर्थकले हुलदंगा गर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । रविको समर्थनमा कलाकारहरुको ठूलो टोली पनि चितवन पुगेको छ ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top