पुडासैनी आत्महत्या प्रकरणः पत्रकार युवराजको बयान सुरु

९ भदौ, चितवन । चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार युवराज कँडेलको बयान सुरु गरेको छ।

Advertisement

चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार सोमबार न्यायाधीश हेमन्त रावलको इजलासमा बयान सुरु भएको हो । कँडेलको बयान सकिएपछि रवि लामिछानेको बयान सुरु हुने गिरीले जानकारी दिए । अदालतले आइतबार रुकु कार्कीको बयान लिइसकेको छ ।

बयानका क्रममा रुकुले पुडासैनीको आत्महत्यामा आफ्नो संलग्नता नरहेको जिकिर गरेकी छन् । उनले आफूमाथि लागेको आरोपबाट सफाइ पाउनुपर्ने बताएकी छन् । अदालतको आदेश नआएसम्म तीनैजनालाई न्यायिक हिरासतमा राखिने छ ।

Advertisement

अनुसन्धानबाट प्राप्त प्रमाणको आधारमा आइतबार लामिछाने, कँडेल र रुकुविरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको हो । प्रहरीले १० दिनको म्यादमा हिरासतमा राखेर अनुसन्धान पूरा गरेपछि आइतबार अदालतमा मुद्दा दर्ता भएको हो ।

गत वर्ष भाद्र १ गतेदेखि लागु भएको मुलुकी ऐनमा व्यवस्था भए अनुसार आत्महत्या दुरुत्साहनको मुद्धा प्रमाणित भएमा पाँच वर्षसम्म कैद हुने कानुनी प्रवधान छ ।

Advertisement

लामिछाने, कँडेल र कार्की साउन ३० गते राजधानीबाट पक्राउ परेका हुन । पुडासैनीले आत्महत्याअघि कार्की, लामिछाने र कँडेलले आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि उनीहरु पक्राउ परेका हुन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top