×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

रवि लामिछानेविरुद्धको अभियोगपत्र यस्तो छ

९ भाद्र २०७६

९ भदौ, विराटनगर । न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेविरूद्ध आफ्नै पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य हुने परिस्थिति खडा गरेको अभियोग सहित सरकारले अदालतमा मुद्दा दर्ता गरेको छ।

लामिछाने सहित उनको कार्यक्रम चलाउने युवराज कंडेल र ’रूकु’ भन्ने अस्मिता कार्कीलाई पनि दुरूत्साहनको अभियोग लगाउँदै आइतबार जिल्ला वकिलको कार्यालय चितवनले अदालतमा मुद्दा दायर गरेको हो।

Advertisement
Advertisement

उनीहरूलाई ५ वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय चितवनले मुद्दा दायर गरेको हो । अभियोग पत्रमा चारवटा कुरालाई मुख्य आधार मानेर पुडासैनीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको दाबी गरिएको छ ।

अभियोगपत्रमा पुडासैनीले आत्महत्या अघि खिचेको भिडियो, अस्मिता कार्की ’रूकु’को बयान, लामिछाने र कंडेलको बयान र पुडासैनिकसँग नजिक केही व्यक्ति बयानलाई मुख्य प्रमाणका रुपमा प्रस्तुत गरिएको छ ।

आत्महत्यापछि पुडासैनीको मोबाइलमा उनले खिचेको भिडियो भेटिएको थियो । जसमा यूवराज कंडेलले अष्ट्रेलिया जान केटी मिलाइदिने भनेर कार्कीलाई आफूसँग जोडिदिएको बताएका छन्। कंडेलले हेप्न थालेपछि न्यूज २४ टिभी छोडेको त्यसपछि पनि उनले आफूलाई ‘तँ फसिस’, भन्दै धम्क्याएको पुडासैनीले भनेका छन्।

अदालतमा दायर भएको अभियोगपत्रमा यो भिडियोलाई महत्वपूर्ण प्रमाण मान्दै त्यसमा पुडासैनीले भनेका सबै कुरालाई समेटिएको छ। यो प्रमाणलाई अस्मिताको बयानले पुष्टि गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ ।

आफूले लामिछाने र कंडेलसँग मिलेर पुडासैनीलाई बलात्कार केसमा फसाइदिने धम्की दिएको अस्मिताले प्रहरीसँगको बयानमा स्वीकार गरेकी छन्। उनले न्युज २४ टेलिभिजनको कार्यालयमा आफू गएको फोटो पुडासैनीलाई पठाएकी थिइन्। फोटो पठाउँदै अब कार्यक्रम प्रसारण गर्ने भनेर आफूले उनलाई बताएको बयानमा भनेकी छन् ।

‘प्रतिवादीले न्युज २४ टेलिभिजनको कार्यालयको फोटो समेत खिची मृतकको बारेमा कार्यक्रम प्रशारण गरिदिने भनी धम्की दिएको कुरा स्वीकार गरेकी तथा सो अनुसार निजले मृतकले आत्महत्या गर्नु भन्दा केही दिन अगाडि पठाएको सो फोटो मिसिल संलग्न रहेको देखिन्छ’ अभियोगपत्रमा उल्लेख छ।

कार्कीले प्रहरीसँगको बयानमा विवाहित पुडासैनीले आफूलाई अविवाहित भन्दै धोका दिएको बताएकी छन्। आफूलाई धोकामा राखेको थाहा भएपछि सम्बन्ध बिग्रिएको, र पनि पुडासैनिले पीछा नछोडेको पनि बयानमा भनेकी छन् ।

त्यसपछि पुडासैनीको पिछा छोडाइदिन क्यामेरामेन अनिल ढुंगेलमार्फत लामिछाने र कंडेललाई अनुरोध गरेको बयान दिएकी छन्। पुडासैनीसँगका मेसेज र अन्तरंग फोटोहरू ढुंगेललाई पठाइदिएको उनको बयानमा उल्लेख छ ।

यो कुरा ढुंगेलले पनि प्रहरीसँगको बयानमा स्वीकार गरेका छन्। कार्कीले पठाएका ती मेसेज आफूले कंडेलसमेतलाई दिएको भन्दै ढुंगेलले प्रहरीमा कागज गरेको अभियोगपत्रमा उल्लेख छ । कंडेलले भने यी सबै कुरा इन्कार गर्दै बयान गरेका छन्। तर कार्की, ढुंगेल र लामिछानेको बयानले उनको इन्कारी बयानलाई नै खण्डित गर्ने सरकारी वकिलको दाबी छ ।

समाचार बनाउने क्रममा कंडेलले पुडासैनीलाई गाली गर्ने कुरा लामिछानेको बयानबाट देखिएको अभियोगपत्रमा उल्लेख छ। कंडेलले आफ्नो कार्यक्रम छोडेर अर्को टिभीमा समानान्तर कार्यक्रम चलाउन गएको रिसिवी साँध्न कार्कीसँग मिलेर पुडासैनीलाई धम्क्याएको दाबी अभियोगपत्रमा उल्लेख गरिएको छ । लामिछानेले पनि आफूले पुडासैनीलाई आत्महत्या गर्न दुरूत्साहन नगरेको भन्दै बयान दिएका छन् ।

अभियोगपत्रका अनुसार, अरूले नै आफूले कार्यक्रम बनाएको भनिदिएको हुनसक्ने आशंका भने उनले बयानमा गरेका छन् । ‘प्रतिवादी रवि लामिछानेले पुडासैनीलाई आत्महत्या गर्न दुरूत्साहन दिएको तथा सो अनुसारको परिस्थिति खडा गरेकोमा इन्कार भइ बयान गरेको भएतापनि आफूले निजको विरूद्धमा कार्यक्रम बनाएको कसैले भनिदिएको समेत हुनसक्छ र आत्महत्या गरेको हुन सक्छ भनी बयानमा खुलाएको देखिन्छ,’ अभियोगपत्रमा उल्लेख छ ।

लामिछानेको यो बयानलाई अन्य प्रतिवादी, साक्षी र प्रमाणले खण्डन गर्ने दाबी पनि अभियोगपत्रमा गरिएको छ । आफूले पुडासैनीलाई धम्की दिएको प्रहरीसमक्ष स्वीकार गरेकी कार्कीले कंडेल र लामिछानेले पनि ब्ल्याकमेल गरेको हुनसक्ने भन्दै उनीहरूलाई मुछेकी छन्। उनको यही बयानले पुडासैनीले लामिछाने विरूद्ध भिडियोमा लगाएको आरोप पुष्टी हुने अभियोगपत्रमा उल्लेख छ ।

‘मृतकसँग सम्बन्ध बिग्रिएपछि मेसेज र अन्य कुराकानी सेयर गरिदिएपश्चात निज अनिल ढुंगेल, युवराज कंडेल र रवि लामिछाने सो सम्बन्धमा सल्लाह गरी योजना बनाई निज शालिकराम पुडासैनी हतोत्साही हुने किसिमले व्ल्याकमेल गरी केही कुरा भनेको वा केही कार्य गरेको हुनुपर्छ, त्यसैले पुडासैनीले आत्महत्या गरेको हुनुपर्छ भन्दै सहप्रतिवादी कार्कीले बयान गरेको देखिएबाट यी प्रतिवादीको इन्कारी बयान खण्डित भएको तथा प्रतिवादीको भूमिकाबारेमा मृतकले भिडियोमा खुलाएको विषय पुष्टि भएको छ,̕ अभियोगपत्रमा भनिएको छ ।

यसबाहेक प्रमिला शर्मा भूषाल भन्ने एक महिलाले पुडासैनीलाई आफूले अन्तिम पटक हतास अवस्थामा देखेको भन्दै प्रहरीमा कागज गरिदिएकी छन्। प्रेमिकाले न्युज २४का मानिससँग मिलेर फसाउन खोजेका छन्, रेपमुद्दा हाल्ने समेत भनेका छन, मर्नुअघि हतास अवस्थामा भेटिएका पुडासैनीले भनेको कुरा उद्धृत गर्दै भूषालले यस्तो बयान गरेको अभियोगपत्रमा भनिएको छ ।

Advertisement

सबैको बयान जोड्दै प्रहरी र सरकारी वकिलले पुडासैनीको भिडियो पुष्टी गरेर लामिछाने सहित तीनजनालाई उनको आत्महत्यामा दुरूत्साहन मुद्दा लगाएको हो।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top