भारतबाट भन्सार छली ल्याइएको अवैध कपडा बरामद

१० भदौ ७६, मंगलबार
Share this
834shares

१० भदौ, काठमाडौं। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याउँदै गरेको अवैध कपडा बरामद गरेको छ ।

Advertisement

मंगलबार प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बेवारिसे अवस्थामा भारतबाट भन्सार छली ल्याइएको अवैध कपडा बरामद गरेको हो ।

Advertisement

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार खिउंजुका अनुसार प्रहरीले शर्ट १७३ पिस, लेडिज कुर्था ३० पिस, टप्स २१ पिस, सुरुवाल ५० सेट, कुर्था–सुरुवाल २० पिस गरी १ लाख १७ हजार ६ सय बराबरको कपडा फेला पारी आन्तरिक राजस्व कार्यालय विराटनगर पठाईएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top