फास्टट्रयाक मुआब्जा चुनौती

११ भदौ, काठमाडौं । नेपाली सेनाले निर्माणको जिम्मा पाएको राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई द्रुतमार्ग विविध समस्याका बाबजुद द्रुततर गतिमा अघि बढेको नेपाली सेनाले जनाएको छ।

Advertisement

नेपाली सेनाको इन्जिनियरिङ विभाग काठमाडौं–तराई द्रुतमार्ग आयोजनाको कार्यालयले एसियाली हाइवे मापदण्ड प्राइमरी क्लास ‘ए’ अनुसार निर्माण हुने काठमाडौं–तराई द्रुतमार्ग ललितपुरको खोकनाबाट बारा जिल्लासम्म ७२ दशमलव ५ किलोमिटरको रहेको छ।

सरकारले २०७४ वैशाख २१ गते उक्त आयोजनालाई राष्ट्रिय गौरवको यो आयोजना घोषणा गरी निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो। सरकारले उक्त आयोजना २०७४ साउनमा नेपाली सेनालाई हस्तान्तरण गरेको थियो। यो समाचार आजको नेपाल समाचारपत्रमा चिरञ्जीवी मास्केले लेखेका छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top