×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेश १ को नामाकरणमा सकस

११ भाद्र २०७६

भदौ ११, विराटनगर । प्रदेश सरकार गठन भएको डेढ वर्ष बितिसके पनि अझैसम्म प्रदेश १ को नाम टुंगो लाग्न सकेको छैन । प्रदेशको स्थायी राजधानीको विवाद टुंगिए पनि नामको विषयले भने अझैसम्म संसद्मा प्रवेश पाएको छैन ।

राजधानी टुंगो नलागुन्जेल सांसदहरूले सदनको शून्य समयमा बारम्बार विषय उठान गरे पनि स्थायी राजधानी टुंगो लागेपछि नामको विषयले त्यति महत्व पाएको छैन । प्रदेशको नामका विषयमा सत्तारुढ सांसदहरूकै बीचमा तीव्र मतभेद छ ।

Advertisement
Advertisement

प्रदेशमा बाहुल्यता रहेका जनजाति सांसदहरूले जातीय पहिचानका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने माग राख्दै आएका छन् । पहिचानका आधारमा किरात, लिम्बुवान र खुम्बुवान नाम राख्न माग गर्दै विभिन्न जातीय संगठनहरूले पनि सांसद र प्रदेश सरकारलाई दबाब दिइरहेका छन् ।

प्रदेशको नामका विषयमा सत्तारुढ दलकै सांसदहरू एकमत नभएका कारण अलमल भइरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक सूयर्माराज राईले बताए ।
दुई तिहाइ बहुमतको सरकार भएकाले सरकारले जुनसुकै नाम प्रस्ताव गरेपनि संसद्बाट पारित हुने स्थिति भएपनि सरकारले अझैसम्म नामको विषयमा छलफल नै नथालेको राईले बताएका छन् । प्रदेशको नाम सगरमाथा वा कोसी राख्ने विषयमा धेरै जोड भइरहे पनि अन्य नाममा सहमति भएर आए त्यसमा पनि आपत्ति नहुने सचेतक राईको भनाई छ ।

यता सत्तारुढ नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले नामको विषय हिउँदे अधिवेशनमा मात्रै संसद्मा लैजाने तयारी भइरहेको बताएका छन् । कोसी, किरात र लिम्बुवान प्रदेशको नाम राख्नु पर्ने दबाब चर्को रहेको राजभण्डारीले बताए । एकल जातीय पहिचानका आधारमा नाम राख्नुपर्ने भन्दै किरात र लिम्बुवान नाम राख्न प्रदेशमा बाहुल्य रहेका जनजातिहरू राई र लिम्बूले चर्को दबाब दिइरहेका छन् ।

अन्यले भने जातीय आधारमा नभई भौगोलिक आधारमा सबैको अपनत्व हुनेगरी प्रदेशको नाम राख्न माग गर्दै आएका छन् । तत्कालीन नेकपा माओवादीले जनयुद्ध कालमै एकल जातीय पहिचानका आधारमा राज्य दिने भन्दै पूर्वका जनजातिहरूलाई आश्वासन दिएको थियो।

हाल सरकारमा पनि रहेको र दुई तिहाइ बहुमत पनि भएकाले एकल जातीय पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने जनजाति अगुवाहरूले माग गर्दै आएका छन् ।

विषेशगरी हिन्दु धर्मका गुरूहरूले प्रदेशको नाम कोसी राख्न सरकारलाई दबाब दिइरहेका छन् । जगतगुरु कृष्णदासजी महाराजलगायतका हिन्दुधर्मका अगुवाहरूले प्रदेशको नाम कोसी नै उपयुक्त हुने तर्क गर्दै आएका छन् । उनीहरूले कोसीबाट प्रदेशको सभ्यताको विकास भएकाले प्रदेशको नाम पनि कोसी नै हुनुपर्ने बताइरहेका छन् ।

प्रदेशको नाम कोसी राख्नु धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्रदेशको सभ्यता विकासका हिसाबले पनि उपयुक्त हुने उनीहरूको तर्क छ । कोसीले हिमाल, पहाड र तराईलाई समेट्ने, प्रदेशको सभ्यताको विकास नै कोसीबाट भएकाले सबैले स्वीकार्न सक्ने साझा नाम कोसी नै भएको उनीहरूको तर्क छ ।

Advertisement

गत वर्ष संसद्को हिउँदे अधिवेशनले प्रदेशको स्थायी राजधानी टुंग्याइसकेको छ । स्थायी राजधानी सर्वसम्मत रुपमा टुंग्याएको प्रदेशसभाले नाम पनि सर्वसम्मत रुपमै राख्ने प्रमुख सचेतक राजभण्डारीले बताएका छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top