त्रिविमा बेथितिः एक व्यक्तिका नाममा दुई पद

१३ भदौ ७६, शुक्रबार
Share this
714shares

१३ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा उपकुलपति र शिक्षाध्यक्षको जिम्मेवारी सम्हालेका प्राडा सुधा त्रिपाठीले दुई पद लिन मिल्ने कि नमिल्ने भन्ने विषयमा कानुन बाझिएको छ। तर त्रिविका अधिकांश उच्च अधिकारीले कानुनअनुसार एक पद छाड्नुपर्ने बताउँदै आएका छन्।

Advertisement

त्रिभुवन विश्वविद्यालय ऐन २०४९ अनुसार उनले दुईमध्ये एक पद छाड्नुपर्ने भएको हो। त्रिवि ऐन २०४९ को दफा २१ ‘ख’मा उल्लेख भएअनुसार विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा त्रिपाठीलाई भदौ ६ गतेदेखि लागू हुने गरी तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।

सो दफामा ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विश्वविद्यालयको कुनै पद रिक्त भएमा सो पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्न बढीमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी सहकुलपतिको परामर्शमा कुलपतिले र अन्य पदाधिकारीको जिम्मेवारी उपकुलपतिले विश्वविद्यालयको कुनै वरिष्ठतम प्राध्यापकलाई तोक्ने व्यवस्था छ। यो समाचार आजको नागरिक दैनिकमा ईश्वरराज ढकालले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top