सरकारका प्रवक्ताले संसदमा ढाँटे

१३ भदौ ७६, शुक्रबार
Share this
761shares

१३ भदौ, काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक नबसेको दाबी गरेका छन्। भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री र मन्त्रीबीच हाइहेलो भएको भन्दै मन्त्री बाँस्कोटाले यसलाई अतिरञ्जना नगर्न आग्रह गरे। ‘कुराहरु आदानप्रदान गर्यौं। एजेण्डामा प्रवेश गरेनौं, निर्णय गरेनौं। क्याविनेट होइन, मन्त्रिपरिषदका सदस्यहरु भेला भएको हो। प्रश्न नगरौं’, उनले भने।

Advertisement

बिहीबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै मन्त्री बाँस्कोटाले गोपनियता र सुरक्षाको प्रश्नमा सरकार सम्वेदनशील रहेको बताए। ‘अमेरिकी र रुस राष्ट्रपतिले अकाशबाटै भिडियो कन्फ्रेन्स गर्छन्। त्यहाँ त सूचना चुहिँदैन’, उनले उदाहरण प्रस्तुत गरे।

कन्फ्रेन्स अवधिभर कार्यबाहक प्रधानमन्त्रीलाई के गर्ने भन्ने निर्णय गरिने उनको भनाई छ।

Advertisement

मन्त्री बाँस्कोटाले दिल्ली, वाशिंटन, बेइजिङ जहाँबाट पनि भिडियो कन्फ्रेन्स हुने स्पष्ट पार्दै सार्वभौमसत्ता र प्रधानमन्त्रीको राष्ट्रियतामा प्रश्न उठाउन उचित नहुने जिकिर गरे। मन्त्री बाँस्कोटाले अमेरिकी राष्ट्रपति र नेपालको प्रधानमन्त्रीबीच समेत भिडियो कन्फ्रेन्स हुने स्पष्ट पारे।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top