प्रदेश १ सरकारविरुद्ध अदालतमा मुद्दाको चाप बढ्दो

भदौ १३, विराटनगर । प्रदेश नम्बर १ सरकारविरुद्ध अदालतमा मुद्दाको चाप बढ्दै गएको छ । नयाँ निर्माण गरिएका कानुन तथा सरकारका कामविरुद्ध दर्जनाँै मुद्दा दर्ता भएका हुन् ।

प्रदेश १ सरकार गठन भएको डेढ वर्ष पूरा भइसकेको छ । जनअपेक्षाअनुसार खासै उपलब्धि हासिल गर्न नसकेको सरकारविरुद्ध सरकारको कामकारबाहीसँग जोडिएका मुद्दाको चाप ह्वात्तै बढेर गएको छ । यस अवधिमा उच्च अदालत मोरङमा ३९ वटा मुद्दा परेका छन्, जसमध्ये ८ वटाको फैसला भइसकेको छ ।

संविधानको प्रावधानअनुसार सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्नेमा त्यसो नभएको, सडक, विद्यालय व्यवस्थापन, कर, क्रसर उद्योग, शिक्षा, जग्गा, लोकमार्ग, कर्मचारी सरूवा, स्थानीय तहमा शिक्षक नियुक्ति, सार्वजनिक सरोकारलगायतका विषयमा मुद्दा परेका हुन् ।

Advertisement

प्रदेश सरकारसँग मात्र जोडिएका १७ वटा मुद्दा र बाँकीमा संघ र स्थानीय तहसँग जोडेर प्रदेशलाई विपक्षी बनाइएको हो । प्रदेश सरकारको काम कारवाहीलाई लिएर संवैधानिक र जनसरोकारका विषयमा अदालतमा सरकारविरुद्ध रिट दायर हुनेक्रम उच्च देखिएको उच्च अदालत विराटनगरका रजिष्ट्रर ठगिन्द्र कट्टेल बताउँछन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाइएका मुद्दामा सरूवा काज, स्थानीय कर, शिक्षा कार्य्विधि, सवारी चालक अनुमति पत्र, सडक संरचनालगायतका छन् । त्यस्तै २५ वटा मुद्दा स्थानीय तहको कामकारबाहीको सम्बन्धमा जोडिएका छन् ।

Advertisement

सरकार कानून निर्माणको क्रममा रहेकाले सरकारको कार्यसम्पादनलाई लिएर असन्तुष्टि जाहेर गर्दै प्रदेश सरकारविरुद्ध मुद्दा दर्ता गर्ने क्रम बढेको प्रदेश नं १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यको भनाइ छ ।

उच्च अदालतमा परेका मुद्दालाई उच्चसहित त्यसअन्तर्गतका इलाम, धनकुटा र ओखलढुङ्गा इजलासमा चलाइँदै आएको छ । यसबाट सरकारले कानुन निर्माण र कार्यसम्पादन गर्दा थप ध्यान दिनुपर्ने देखिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top