×

NEPAL TIMES UPDATES

Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026
Playing
World News:युरोनियमका लागि रुसको इरानलाई सहयोग,रुसमाथिको प्रतिबन्ध हट्यो, सामूहिक चिहानमा ५६ श*व
Apr 19, 2026
Playing
बस्तीमा डोजर चलेपछि घेरियो सरकार || Nepal Times
Apr 19, 2026

स्वतन्त्रता कुण्ठित नहुने गरी काउन्सिल विधेयक ल्याउन सांसदहरुको सुझाव

१३ भाद्र २०७६

भदौ १३, काठमाडौं । राष्ट्रियसभासदस्यहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नहुने गरि नेपाल मिडिया काउन्सिल विधेयक २०७५मा आवश्यक व्यवस्था गर्न सुझाएका छन् ।

राष्ट्रियसभाको शुक्रबारको बैठकमा नेपाल मिडिया काउन्सिल विधेयक २०७५माथिको सैद्धान्तिक छलफलमा सहभागी हुदै सांसदहरुले संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नहुने गरि मिडिया क्षेत्रमा देखिएका विकृतिलाई पनि नियन्त्रण गर्न सक्ने व्यवस्था विधेयकमा गरिनुपर्ने धारणा राखेका हुन् ।

Advertisement
Advertisement

सांसद ठगेन्द्रप्रसाद पुरीले पित पत्रकारिता नियमन तथा रोक्ने सवालमा विधेयक स्वागत योग्य रहेको बताए । मिडिया काउन्सिललाई समावेशी बनाउनुको साथै दण्ड सँजायको उल्लेखित व्यवस्थालाई अवस्थाको वर्गिकरण गरि निर्धारण गरिनुपर्ने धारणा राखे।

सांसद बद्रीप्रसाद पाण्डे प्रेसलाई नियन्त्रण गर्ने भन्दा पनि स्वनिययम र आत्मअनुशासन भित्र राख्ने दृष्टिकोणबाट सरकारले विधेयक तयार पार्नुपर्ने बताए । प्रेसलाई जति स्वतन्त्र र स्वायक्त राख्न सक्यो त्यत्ति नै प्रभावकारी हुने र त्यसले प्रजातन्त्र मजबुत बनाउने भन्दै यसलाई आत्मअनुशासन भित्र राख्ने वातावरण श्रृजना गर्नुपर्ने बताए ।

उनले मिडिया काउन्सिल आफूलाई आफ्नो नियम भित्र राख्ने सशक्त संस्था भएकाले गठन प्रक्रिया र संस्थामा जाने पदाधिकारीको व्यक्तित्व चयनमा विचार पुर्याउनुपर्ने धारणा राखे । सांसद कालिबहादुर मल्लले संचार क्षेत्रको नियमन र व्यवस्थित बनाउनका लागि विधेयक आएको भन्दै स्वागत गरे ।

सांसद बृषेशचन्द्र लालले प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण भयो भने प्रजातन्त्र माथि नै संकट पैदा हुने भएकाले सरकार र मिडियाबीच राम्रो सम्बन्ध स्थापित गरेर अघि बढ्ने ढंगमा विधेयकमा आवश्यक व्यवस्था गर्नुपर्ने धारणा राखे ।

सांसद डाक्टर बिमला राई पौड्यालले मिडियामा देखिएको विकृति नियन्त्रणका लागि स्वनियमले मात्रै नहुने भएकाले त्यही अनुसार आवश्यक दण्डजरिवाना र कारवाहीको व्यवस्था विधेयकमा गरिनुपर्ने आवश्यकता औल्याइन् ।

सांसद प्रमिला कुमारीले भ्रष्टाचार, अपराध, मानवअधिकार, पीछडिएका समूह तथा अधिकारहिनको अधिकारका मुद्धामा प्रेस स्वतन्त्र हुनुपर्ने भन्दै अन्तराष्ट्रिय मापदण्ड अनुसार विधेयक बनाउनुपर्ने बताइन् । उनले मिडिया काउन्सिललाई समानुपातिक समावेशी बनाउनुपर्ने धारणा राखिन ।

सांसद खिमलाल भट्टराई ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा कुनै पनि सम्झौता गर्न नहुने भन्दै नेपाल मिडिया काउन्सिल विधेयक सबै मिलेर सबल बनाउनुपर्ने धारणा राखे । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने मनसाय सत्तापक्षको पनि नभएको भन्दै उनले यस क्षेत्रमा देखिएको स्वेच्छाचारिता र अराजकता अन्त्य गर्ने गरि विधेयकमा आवश्यक व्यवस्था गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

Advertisement

सैद्धान्तिक छलफल पछि बैठकले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको अर्को बैठक भदौ २५ गतेका लागि बोलाईएको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top