१४ भदौ, एजेन्सी ।
भारतको आसाम राज्यमा बसोबास गर्ने १९ लाख ६ हजार ६ सय ५७ भारतीयको नाम राष्ट्रिय नागरिकता दर्ताको अन्तिम सूचीबाट हटाइएको छ । आसाममा जम्मा ३ करोड ११ लाख २१ हजार ४ जना नागरिकको सूची मात्रै सार्वजनिक गरिएको हो ।
जहाँ झण्डै २० लाख नागरिकको नाम हटाइएको हो । आसाम सरकारले शनिबार निकालेको तथ्यांक अनुसार यस्तो खुलासा भएको हो । यससँगै सरकारले तथ्यांक संकलन गरेको प्रक्रियामाथि नै प्रश्न उठेको छ । यद्यपि सरकारले अनियमिततामा संलग्न कसैलाई पनि पक्राउ गरेको छैन ।
भारतले बंगलादेशबाट अनधिकृत रुपमा छिर्ने आप्रवासीको आगमनमा कडाइ गर्दैआएको छ । आसामका मुख्यमन्त्री सब्रनन्द सोनवलले भने नागरिकता सूचीमा नअटेका मानिसलाई विदेशीको रुपमा व्यवहार नगर्ने प्रतिक्रिया दिए ।
