सुर्खेतमा छोडिएका गाई फिर्ता ल्याइयो

१३ भदौ ७६, शनिबार

१४ भदौ, नेपालगञ्ज ।

नेपालगञ्जदेखि दैलेख लैजाने भनेर सुर्खेतमा छोडिएका गाईलाई फिर्ता ल्याइएको छ । सुर्खेतको कटुवा जंगलमा छोडिएका गाईलाई नेपालगञ्ज फिर्ता लैजान थालिएको हो ।

अहिलेसम्म १ सय भन्दा धेरै गाईलाई नेपालगञ्ज पठाइसकिएको प्रहरीले जनाएको छ । दैलेख लैजान भनी नेपालगञ्जबाट लगिएका गाई सुर्खेतको जंगलमा छाड्दा भिरबाट लडेर २५ वटा गाई मरेपछि बाँकी गाईलाई नेपालगञ्ज नै फिर्ता पठाउन थालिएको प्रहरीले जनाएको हो ।

जम्मा १ सय ५० वटा गाई भेटिएको र घाइते केही गाईको उपचार पनि भइरहेको प्रहरीले जनाएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको कटुवा जंगलमा शुक्रबार मृत भेटिएका १६ र शुक्रबार भेरीगंगा नगरपालिकामा भेटिएका ९ वटा गरी मर्ने गाईको सख्या २५ पुगेको हो ।

एउटै ट्रकमा ३८ वटासम्म गाई कोचेर लगिएको र गाई मर्न थालेपछि बीचबीचमा झारेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । यसबारेमा ५ जना ट्रक चालकलाई पक्राउ गरी अनुसन्धान थालिएको सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top