डेंगु नियन्त्रणमा सरकार गम्भिर नभएको भन्दै नेकपाकै सांसद असन्तुष्ट

१४ भदौ ७६, आइतबार

१५ भदौ,काठमाडौँ ।

Advertisement

सत्तारुढ दलकै सांसदहरुले डेंगू रोग नियन्त्रणका लागि आवश्यक कार्य योजना समेत तय गर्न नसकेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभाका सांसदद्धय जीवनराम श्रेष्ठ र अञ्जना विशंखेले डेंगु रोग नियन्त्रणका लागि आवश्यक कार्ययोजना समेत ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन् ।

Advertisement

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको आईतबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै सत्तारुढ नेकपामा सांसद श्रेष्ठले विश्वमै महामारीको रुपमा फैलिएको सो रोग नियन्त्रणका लागि आवश्यक कार्ययोजना समेत बनाउन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे ।

उनले लामखुट्टे नियन्त्रण गरेर सो रोग लाग्न नदिन किन गम्भिर नभएको भनि सरकारलाई प्रश्न पनि गरेका छन् । नेकपाकै अर्की सांसद विशंखेले पनि सो रोग लाग्न नदिन सरकारलाई सचेत गराए ।

Advertisement

उनले सो रोगबाट बच्न संचार माध्यामबाट सर्वसाधारणको जानकारीका लागि विज्ञापनसहितको जनचेतनामूलक कार्यक्रम प्रचार तथा प्रसार गर्न ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले पनि डुेंगू रोग नियन्त्रणका लागि सरकार गम्भिर नभएको आरोप लगाए । उनले सो रोग नियन्त्रणका लागि लामखुट्टे नियन्त्रणको काममा विशेष जोड दिन पनि सरकारलाई सचेत गराए ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले सो रोग नियन्त्रणका लागि सरकार गम्भिर भएर लागि परेको दावी गरेका थिए । उनले डेंगु रोग नियन्त्रणका लागि बजेटको पनि अभाव रहेको बताए ।

चिकित्सकहरुले नेपालमा पनि लामखुट्टेको नियन्त्रण गर्न नसके डेंगू रोगको महामारी फैल्न सक्ने चेतावनी दिँदै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top