छुरासहित संसद भवनमा प्रवेश गर्न खोज्ने युवक पक्राउ

Share this
746shares

भदौ १६, एजेन्सी । भारतको संसद भवनमा छुरासहित प्रवेश गर्न लागेको अवस्थामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

संसद भवनको गेट नम्बर १ बाट प्रवेश गर्न खोजेका ती युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त गेट ‘भीआइपी’ ले प्रयोग गर्दछन् ।

उनी छुरासहित संसद भवनमा प्रवेश गर्न खोजिरहेको अवस्थामा पक्राउ परेको भनिए पनि उनको उद्देश्यका बारेमा प्रहरीले केही बताएको छैन ।

Advertisement

प्रहरीले ती युवकसँग सोधपुछ भइरहेको बताएको छ । संसद भवनस्थित प्रहरी स्टेशनमा राखेर उनीसँग सोधपुछ भइरहेको प्रहरीको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top