प्रदेश १ सरकारले जातिय झाँकी र सम्मान गर्दै संविधान दिवस मनाउने

१६ भदौ,विराटनगर । प्रदेश नम्बर १ सरकारले आगामी असोज ३ गते संविधान दिवस भव्यताका साथ मनाउन सवैलाई आग्रह गरेको छ ।

Advertisement

प्रदेश राजधानी विराटनगरस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको ‘संविधान दिवस २०७६ प्रदेश मुल समारोह समिति प्रदेश १’ को बैठकले संविधान दिवस भव्यताका साथ मनाउन सवैमा आग्रह गरेको हो ।

Advertisement

यस्तै दिवसमा अवसरमा प्रदेश सरकारले तीन जना व्यक्तिलाई सम्मान गर्ने घोषणा गरेको छ । सम्मानित हुनेमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय गानका रचयिता व्याकुल माईला उपनामका प्रदीप कुमार राई, विश्वको सर्वाेच्च शिखर सगरमाथा २४ पटक आरोहण गर्ने कामिरीता शेर्पा र भोजपुरकी विश्व किर्तिमानी धाविका मीरा राई रहेका छन् । यस्तै दिवसका दिन प्रदेशका विभिन्न महत्वपूर्ण स्थानमा ठूला आकारका राष्ट्रिय झण्डा राखिने भएको छ ।

प्रदेशका विभिन्न महत्वपूर्ण स्थानहरु इलामको कन्याम र श्रीअन्तु,झापाको दमक,काँकडभिट्टा र केचना, सुनसरीको इटहरी, कोशी ब्यारेज र धरानको भानु चौक, मोरङको विराटनगर एयरपोर्ट र विराटनगर रानी, सोलुको लुक्ला, सगरमाथाको बेसक्याम्प लगायतका स्थानमा ३० फिटको राष्ट्रिय झण्डा स्थायी रुपमा राखिने मुख्यमन्त्री राईले जानकारी दिए ।

Advertisement

आइतबार बसेको मन्त्रिपरिषद बैठकले दिवसमा दिन झन्डा राख्ने निर्णय गरेको थियो । मुख्यमन्त्री राईले दिवसका दिन सवै जातजाति र समुदायको पहिचान झल्कने झाँकीहरु प्रतिस्पर्धामा समावेश गरेर पुरस्कृत गर्नेगरी प्रदर्शनीका लागि समावेश गर्न पनि निर्देशन दिएका छन् ।

उनले संविधान दिवसले अझ सरल र सुगम हुदैं संविधान संसोधन गर्न प्रेरित गर्ने भएकाले दिवस एकदमै महत्वपूर्ण भएको पनि बताए । मुख्यमन्त्रीले संविधानमा रहेका कमीकमजोरी भए त्यसलाई सच्याउँदै, संशोधन गर्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाए ।

उनले संविधान र दिवस सवैका लागि भएकाले दिवसलाई औपचारिकताको निमित्त मात्र नमनाएर सवैले महत्वका साथ सहभागिता जनाएर मनाउन आग्रह गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top