मन्त्री भट्टराईको निर्देशनमा सुन तस्करीमा मुछिएका खत्रीलाई विमानस्थलको उपप्रबन्धकबाट हटाइयो

भदौ १६, काठमाडौं । पर्यटनमन्त्री योगेशकुमार भट्टराईको निर्देशनमा सुन तस्करीमा मुछिएका किशोरकुमार खत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उपप्रबन्धकबाट हटाइएको छ ।

आइतबार मात्र विमानस्थलको एक कार्यक्रममा दाग लागेका कर्मचारीहरुलाई विमानस्थलमा नराख्न मन्त्री भट्टराईले निर्देशन दिएका थिए । लगतै नागरिक उड्डयन प्राधिकरणले खत्रीलाई विमानस्थलबाट फिर्ता बोलाएर झापा सरुवा गरेको छ ।

खत्री २२ वैशाख २०७४ मा तस्करी गरेर ल्याउँदै गरेको ४० तोला सुनसहित पक्राउ परेका थिए । त्यसबेला एयर ट्राफिक कन्ट्रोलर कर्मचारी रहेका उनले कतार एयरवेजको उडानबाट आएको मनिगा रिमालको सुन रिसिभ गरेका थिए ।

एक्सरे मेशिनमा चेकजाँचका क्रममा सुन भेटिएपछि भन्सार कार्यालयले उनलाई पक्राउ गरेको थियो । तर छानविनका क्रममा सुन तस्करीमा संलग्न नभएको भन्दै छाड्यो । त्यसपछि उनी झापाको चन्द्रगढीमा कार्यरत थिए ।

पछिल्लो समय काजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका थिए । तर मन्त्री भट्टराईले यस्ता विवादास्पद कर्मचारीलाई नराख्न निर्देशन दिएपछि फेरि चन्द्रगढी पठाइएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।

मन्त्री भट्टराईले विमानस्थलका कर्मचारीलाई कार्यालय समयमा मोवाइल नचलाउन समेत निर्देशन दिइसकेका छन् । उनले त्रिभुवन विमानस्थल राष्ट्रयको इज्जतसँग जोडिएको स्थल समेत भएकाले कर्मचारीले सोही अनुसार अनुशासित र मर्यादित भएर राष्ट्रको प्रतिष्ठा कायम हुने गरी काम गर्नुपर्ने बताएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top