प्रधानमन्त्रीको स्वास्थ्य : छैटौंपटक प्लाज्माफेरेसिस गरियो

१७ भदौ ७६, मंगलबार
Share this
734shares

भदौ १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’ को उपचारकाक्रममा छैटौंपटक प्लाज्माफेरेसिस गरिएको छ ।

Advertisement

१२ वर्ष अघि डिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको रगतमा क्रिएटिनिनको स्तर २ पुगेपछि सम्भावित समस्या आंकलन गर्दै करिब डेढ महिनाअघि विभिन्न परीक्षण एवं उपचार प्रक्रिया शुरु भएको हो ।
प्राप्त जानकारीअनुसार दिन बिराएर गरिराखिएको रगत शुद्धीकरणसँग सम्बन्धित उपचारको क्रम बुधबार समाप्त हुनेछ ।

 यसअघि प्रधानमन्त्रीले बिहीबार आराम गरेर शुक्रबार स्वदेश फर्कने कुरा भए पनि शनिबारसम्म लाग्न सक्ने एक चिकित्सकले बताए । कान्तिपुर

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top