विश्व नम्बर दुई नाडाल अन्तिम आठमा पुगे

१६ भदौ ७६, मंगलबार

१७ भदौ, एजेन्सी ।

Advertisement

विश्व नम्बर दुई राफायल नाडाल वर्षको अन्तिम ग्रान्ड स्लाम टेनिस प्रतियोगिता युएस ओपनको क्वाटरफाईनलमा पुगेका छन् ।

अमेरिकाको न्युयोर्कस्थित फ्लसीङ मिडोजमा आज बिहान सम्पन्न खेलमा क्रोएसियाका मारिन सिलिचलाई ३–१ को सेटमा हराउँदै नदाल अन्तिम आठमा पुगेका हुन् ।

Advertisement

सन् २०१४ का च्याम्पियन ३० वर्षका चिलिचलाई ३३ वर्षका नाडालले ६–३, ३–६, ६–१ र ६–२ ले पराजित गरेका हुन् । १८ वटा ग्राण्डसलाम विजेता नाडालले अब क्वाटरफाईनलमा अर्जेन्टिनाका डिएगो स्वार्जम्यानसँग खेल्नेछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top