प्रधानमन्त्री ओली र मन्त्रीबीच फेरि भिडियो कन्फेरेन्स

भदौ १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पनि भिडियो कन्फरेन्समार्फत् मन्त्रीहरुसँग छलफल गरेका छन्।

Advertisement

मृर्गौलाको उपचार गर्न सिंगापुर रहनुभएका प्रधानमन्त्री ओलीले दोस्रो पटक पनि भिडियो कन्फरेन्समार्फत् मन्त्रीहरुसँग मन्त्रालयका काम कार्वाहीबारे आवश्यक छलफल गरेका हुन् ।

Advertisement

प्रधानमन्त्रीले छलफलको क्रममा मन्त्रालयको काम कार्वाहीमा देखिएको समस्या समाधानका लागि आवश्यक निर्देशन पनि दिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले सबै मन्त्रालयको कामकार्वाहीको बारेमा जानकारी लिएका थिए । त्यस क्रममा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य राम्रो रहेको पनि बताएका थिए ।

Advertisement

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको र उनी आगामी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको पनि सरकारका प्रवक्ता बास्कोटाले पुष्टि गरेका छन् ।

प्रधानमन्त्री ओलीले यस अघि पनि भिडियो कन्फरेन्समार्फत् मन्त्रीपरिषदका सदस्यहरुसँग छलफल गरेका थिए । यस अघि प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलका कार्यबहाक नेता सुवाष नेम्वाङसँग पनि टेलिफोन संवाद गरी आफ्नो स्वास्थ्य राम्रो रहेको सन्देश दिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top