कारागारबाट निस्किएका एक महिला र पुरुषद्वारा आत्महत्या

१६ भदौ ७६, मंगलबार

भदौ १७, काठमाडौँ । खोटाङका एक महिला र पुरुषले मंगलबार बिहान काठमाडौँ महानगरपालिका–८ गौशालास्थित भण्डारखालको जङ्गलमा आत्महत्या गरेका छन् ।

Advertisement

खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई काठमाडौँको बाँसबारी बस्दै आएका ४० वर्षीय जय गिरी र खोटाङको टेम्मा गाउँ बस्ने ३३ वर्षीया उमिता दमाइँ मंगलबार बिहान सँगै रुखमा झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षक खेम राउतले जानकारी दिए।

मर्निङवाकमा निस्किएका स्थानीयवासीले दिएको सूचनाका आधारमा घटनास्थल पुग्दा उनीहरु झुण्डिएको अवस्थामा मृत फेला परेको गौशाला प्रहरीले जनाएको छ।

Advertisement

प्रहरी निरीक्षक राउतले चिकित्सक बोलाएरै घटनास्थलको प्रकृति मुचुल्का उठाई दुवै शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको जानकारी दिए। उनीहरु दुवै जना खोटाङ कारागार बसेर निस्किएको बुझिएको छ।

बाँसबारीमा परिवारसँगै बस्दै आएका गिरी मजदूरी गर्दथे। आज बिहान उनकी श्रीमती र छोरा प्रहरीको सम्पर्कमा आएका थिए। गिरी सोमबार बेलुका पशुपति घुम्न जान्छु भनेर निस्किएको श्रीमतीको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक राउतले बताए।

Advertisement

खोटाङ बस्दै आएकी उमिता काठमाडौँ आएको कारण भने खुलेको छैन। उनी काठमाडौँमा दिदी–भिनाजुसँग बसेको पाइएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top