ललिता निवास प्रकरणःथप ५८ जनालाई बयानका लागि अख्तियारले बोलायो

१८ भदौ ७६, बुधबार
Share this
708shares

१८ भदौ, काठमाडौं ।

Advertisement

बालुवाटारमा रहेको ललिता निवासको जग्गा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप ५८ जनालाई बयानका लागि बोलाएको छ । आयोगले बुधबार सूचना निकालेर सात दिनभित्र उपस्थित हुन भनेको छ ।

५८ जनामध्ये दुई जना गुठी संस्थानका तत्कालीन कर्मचारी हुन् । अख्तियारले यसअघि ८६ जनालाई बयानका लागि बोलाएको थियो ।

Advertisement

‘सरकारले मुआब्जा दिई अधिग्रहण गरिलिएको ललिता निवास क्याम्पभित्र पर्ने २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय काठमाण्डौ, डिल्लीबजारका कर्मचारीहरूसमेतको मिलेमतोमा विभिन्न मितिमा गैरकानुनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिई अनधिकृत व्यक्तिहरूलाई जग्गाधनी र मोही कायम गरी भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोराको उजुरीको अनुसन्धानको सिलसिलामा तपाईंसँग केही बुझ्नुपर्ने भएकाले यो म्याद सूचना प्रकाशित गरिएको छ’ अख्तियारको सूचनामा उल्लेख छ ।

सात दिनभित्र उपस्थित नभए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने अख्तियारले चेतावनीसमेत दिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top