मन्त्री भट्टराईले सिटौलालाई पहिला भनेपछि…..

१७ भदौ ७६, बुधबार

१८ भदौ, काठमाडौँ ।

बुधबार बिहान करिब ९ बजे बुद्ध एयरको जहाजबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला भरतपुर विमानस्थल उत्रिए ।

सरकारी अधिकारी, सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै नेता तथा मन्त्रीको स्वागतमा फूलमाला लिएर विमानस्थलमा पुगेका थिए । जब जहाज रोकियो मन्त्री भट्टराई र नेता सिटौलासँगै झरे ।

उनीहरु गफिदै अघि बढ्दै गर्दा स्वागत गर्न जिल्लाका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत पुगे । बहालवालामन्त्री भएकाले बस्नेतले आफ्नो हातको खादा मन्त्री भट्टराईतर्फ जब लगे मन्त्री भट्टराईले रोक्दै सिटौलातर्फ देखाउँदै भने, “पहिला दाइलाई ।” उनको भनाईसँगै बस्नेतलेसँगै रहेका सिटौलालाई त्यही खादा पहिले ओडाए अनि मन्त्री भट्टराईलाई अर्को खादा ओडाए ।

यो सबै हेरिरहेका नेता कार्यकर्ता स्तब्ध देखिए । दुई खादा र फूल बोकेका धेरैले पहिले सिटौला र पछि मन्त्रीलाई खादा र फूलले स्वागत गरे । जिल्ला तहमा आरोप र प्रत्यारोपमा उत्रने स्थानीय नेता कार्यकर्तालाई सकारात्मक सन्देश दिँदै सम्मानको भावसँगै मन्त्री भट्टराई बाहिरिए ।

चितवन क्षेत्र नं– २ का सङ्घीय सांसद एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनका सचिव कृष्णभक्त पोखरेलले पनि पहिले सिटौलालाई खादाले स्वागत गरे । उनले भने,“मन्त्रीले अत्यन्तै सकारात्मक सन्देश प्रवाह गर्नुभएको छ । ” पोखरेलले थपे, “लोकतन्त्र र गणतन्त्र यही पार्टी मिलेर ल्याएका हौं, अब हामी समृद्धिका लागि पनि मिल्नुपर्छ भन्ने सन्देश यसले दिन्छ ।” युवाहरुले यो खालको संस्कार देखाउनुपर्ने पोखरेलले बताए ।

नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले विपक्षी दलका नेतालाई जुन सम्मान मन्त्री भट्टराईले दिनुभयो यसले मुख्य दल मिल्नुपर्छ भन्ने सन्देश प्रवाह भएको विचार राखे ।

उनहरुको स्वागतमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, नेकपाका जिल्ला इन्चार्ज कृष्ण खनाल, जिल्ला सचिव पोख्रेल, काङ्ग्रेस जिल्ला सभापति श्रेष्ठ, प्रदेशसभा सदस्य विजय सुवेदी, घनश्याम दाहाल लगायतका स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

मन्त्री भट्टराई भरतपुर विमानस्थल विस्तारसम्बन्धी छलफल कार्यक्रममा र सिटौला पार्टीको समायोजनसम्बन्धी कार्यक्रममा सहभागी हुन चितवन आएका हुन् । केही दिनअघि मन्त्री भट्टराईले मन्त्रालयका योजनाका विषयमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई भेट गरी जानकारी गराएका थिए ।(रासस)

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top