केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त

२ फागुन ७४, बिहीबार

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्।

प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवाले देशवासीको नाममा सम्बोधन गर्दै राजीनामा दिएपछि राष्ट्रपति कार्यालयले संविधान अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको हो। देउवाले सम्बोधनलगतै राजीनामा पत्र बोकेर शितलनिवास पुगेका थिए।

यसअघि ओली आफूलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले राष्ट्रपतिसमक्ष समर्थनको पत्र बुझाएका थिए। ओलीसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, माधव नेपाल, ईश्वर पोखरेल, सुवास नेम्बाङ, अग्नी खरेल पत्रसहित शितलनिवास पुगेका थिए।

Advertisement

नयाँ प्रधानमन्त्री नियुक्तीसँगै ओली दोस्रो कार्यालयका लागि प्रधानमन्त्री बनेका छन्। नवनियुक्त प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे शीतल निवासमा सपथ लिने छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका १२१ र माओवादीका ५३ गरी १६४ सासद छन्। प्रतिनिधिसभाबाट ओलीले एक महिनाभित्र बहुमत प्राप्त गर्नुपर्ने हुन्छ।

निर्वाचन आयोगले बुधबार मात्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएसँगै सरकार गठन प्रक्रिया अघि बढेको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

सम्बन्धित समाचार

Scroll to Top