हिन्दु धर्मले जातपातलाई प्राथमिकता दिएको बाबुराम भट्टराईको आरोप

१८ भदौ ७६, बिहीबार

भदौ १९, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयन गराउन आफ्नो पार्टीले अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन् ।

Advertisement

अध्यक्ष दाहालले संविधान विरोधी तत्वहरुसँग प्रतिवाद गर्ने अभियानमा पनि आफ्नो पार्टी लागि परेको दावी गर्दै त्यसमा साथ दिन सबै समूदायलाई अपिल समेत गरेका छन् ।

बिहीबारबाट काठमाडौंमा सुरु भएको दलित सम्बन्धि राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उनले दलित मुक्ति आन्दोलन दीर्घकालीन आन्दोलन पनि भएकाले यसमा उत्पीडित समूदायले एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

Advertisement

संविधानले दलितमुक्तिको परिकल्पना गरेको भएपनि त्यसलाई कार्यान्वयनमा लैजान उनीहरु आफैं चनासो हुनुपर्ने अध्यक्ष दाहालको भनाई छ ।

कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री एवम् सत्ता साझेदार समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले दलित समूदायको अधिकार सुनिश्चित गर्न उनीहरुलाई उच्च शिक्षासम्म निःशुल्क अध्ययन गर्न पाउने गरी कानुन बनाउन सरकारसँग माग गरे । उनले सुकुम्बासी दलितहरुलाई तत्काल जमिनको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

Advertisement

अध्यक्ष भट्टराईले हिन्दु धर्मले जातपातको प्रथालाई प्राथमिकता दिएकाले पनि नेपालमा दलितमाथि हुने विभेद अन्त्य गर्न कठिन हुन पुगेको तर्क पनि गरे।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top