मुख्यमन्त्री राईले आज शपथग्रहण गर्ने

३ फागुन ७४, बिहीबार
Share this
701shares

 प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन्।

Advertisement

आज अपराह्न ३ बजे विराटनगरमा रहेको वीरेन्द्र सभागृहमा शपथग्रहणको तयारी भइरहेको १ नं प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। बुधबार प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले राईलाई मुख्यमन्त्रीको नियुक्तिपत्र प्रदान गरेका थिए।

राई नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। मुख्यमन्त्री राईले शपथग्रहण गरेलगत्तै आज नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्। मुख्यमन्त्री राईलाई प्रदेश प्रमुख तुम्बाहाङले शपथग्रहण गराउने छन्।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top