‘विप्लव’ समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट

भदौ २०, सुनसरी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव समूहले बम बिष्फोट गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।

सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक स्कूलको बाहिरको भागमा बिष्फोट गराएको प्रहरीले जनाएको छ । बम बिष्फोट गराएर स्थानीयवासीमा डर, त्रासको अवस्था सिर्जना गर्ने र चन्दा आतङ्क मच्चाउने योजनाको साथ शैक्षिक संस्थामा बिष्फोट गराएको हुन सक्ने सुनसरीका प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

केही दिन अगाडि सुनसरीको इटहरीबाट विप्लव समूहका लागि चन्दा उठाउने नाइके पक्राउ परेपछि उनीहरुले नै बिष्फोट गराएको प्रहरी नायब उपरीक्षक शर्माको भनाइ छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको र बम बिष्फोट गराउने विप्लव समूहका कार्यकर्ताको खोजी भइरहेको पनि उनले बताए । बिष्फोटबाट समान्य क्षति भएको प्रहरीले जनाएको छ ।
रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top