रितको अर्ध शतकमा श्रीलंकालाई १ सय ६० रनको लक्ष्य

१९ भदौ ७६, शुक्रबार

२० भदौ, विराटनगर ।

ओपनर रित गौतमको अर्ध शतकमा नेपालले एसीसी यू१९ एसिया कप क्रिकेट प्रतियोगितामा घरेलु टोली श्रीलंकालाई १ सय ६० रनको लक्ष्य दिएको छ ।

समूह बी अन्तर्गतको पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४२ ओभरमा ९ विकेटको क्षतिमा १६० रनको लक्ष्य दिएको हो ।

वर्षाले ४२ ओभरमा घटाइएको खेलमा नेपालका लागि रित गौतमले अर्धशतक बनाउँदा कप्तान रोहित कुमार पौडेल ४७ रनमा पवेलियन फर्किए । ७ खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

८६ बलको सामना गरेका रित ५४ रनमा नाभोद दिनुश्रीको बलमा दिलसन मादुसङकमार्फत् क्याच भए । ३ रनले अर्धशतक बनाउन चुकेका रोहित आसियन ड्यानियलको बलमा क्याच भएका थिए ।

सुरुआती दुई विकेटपछि दबाबमा परेको नेपालको इनिङ्स रित र रोहितले उकासेका थिए । वर्षाले खेल प्रभावित हुनुपूर्व नेपालले ९ ओभरको समाप्तिमा २ विकेट गुमाइसकेको थियो । जसमा ओपनर पवन सराफ ४ तथा मोहम्मद आसिफ शेख ७ रनमा पवेलियन फर्किएका थिए ।

पवन ४ रनमा दिलसन मदुसङकको बलमा कमिल मिश्रामार्फत् क्याच भए । आसिफ ७ रनमा मदुसङकको बलमा बोल्ड भए । रासिद खान १५ रनमा अविजित रहँदा हरि चौहानले १२ रन बनाए ।

भिम सार्की १ रनमा एलबिडब्लु धरापमा परे । कुसल मल्ल र कमल सिंह ऐरीले २–२ रन बनाउँदा सागर ढकाल र सूर्य तामाङले १–१ रन जोडे ।

श्रीलंकाका लागि नभोद दिनुश्रीले ९ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । दिल्सान मदुसनकाले पनि ८ ओभरमा १ मेडन सहित २३ रन खर्चेर ३ विकेट लिए । मडानियल र सञ्जयको नाममा समान १ विकेट रह्यो ।

श्रीलंकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top