स्वतन्त्र जिम्बाबेका पहिलो प्रधानमन्त्री मुगाबेको निधन

१९ भदौ ७६, शुक्रबार

२० भदौ, एजेन्सी ।

Advertisement

स्वतन्त्र जिम्बाबेका पहिलो प्रधानमन्त्री रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। जिम्बावेमा झन्डै चार दशक शासन गरेका तथा पछि राष्ट्रपति बनेका मुगावेको शुक्रबार बिहान निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

लामो समयदेखि सिंगापुरमा उपचार गराइरहेका उनलाई के रोग लागेको थियो भन्ने सार्वजनिक गरिएको थिएन। उपचारको क्रममा उनको निधन भएको परिवारले पुष्टि गरेको छ।

Advertisement

मुगावे सन् १९८७ देखि २०१७ सम्म जिम्बावेका राष्ट्रपति बनेका थिए। त्यसअघि सन् १९८० देखि १९८७सम्म उनी प्रधानमन्त्री थिए। सन् २०१७मा भएको सैन्य कूपछि मुगावे सत्ताबाट बाहिरिएका थिए।

पत्नी ग्रेस मुगावेलाई उत्तराधिकारी बनाउन खोजेपछि उनको व्यापक आलोचना भएको थियो।

Advertisement

पत्नीलाई उत्तराधिकारीका रूपमा अघि बढाउने मनसुबा देखाएपछि उनको दल जानु–पिएफले मुगावेलाई पार्टी नेतृत्वबाट अपदस्थ गरेको थियो।

मुगावे पत्नी ग्रेस सन् २०१४ मा पार्टीको महिला संगठन प्रमुख थिइन्। त्यसै वर्ष डिसेम्बरमा उपराष्ट्रपतिको सिफारिसमा परिन्। त्यसयता उनले आफूलाई राष्ट्रपति दाबेदारका रूपमा प्रस्तुत गर्दै आएकी थिइन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top