मेलम्चीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

२१ भदौ ७६, शनिबार
Share this
731shares

२१ भदौ, चौतारा ।

Advertisement

मेलम्ची खानेपानी आयोजनाको सिन्धुपाल्चोकस्थित मुहान क्षेत्रको अम्वाथान, सिन्धु तथा ग्यालथुम अडिट क्याम्प तथा खानेपानी कार्यालय क्षेत्रमा पाँच जनाभन्दा बढी एकैचोटी हिँडडुल गर्न नपाउने गरी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार बेलुकादेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

इटालियन ठेकेदार सिएमसीले ठेक्का तोडेर गएपछि सिएमसीको धरौटी रकम कट्टा ज्याला र सामानको भुक्तानी पाउनुपर्ने माग गर्दै स्थानीय ठेकेदार तथा मजदुर बुधबारदेखि धर्नामा बसेका थिए ।

Advertisement

सोही क्रममा आन्दोलनकारी र प्रहरीबीच बिहीबार झडप हुँदा प्रहरीले अश्रुग्याँस तथा रवरको गोली प्रहार गर्दा केही मजदुर घाइतेसमेत भएका थिए ।

सिएमसीले छाडेपछि सरकारले बाँकी काम पूरा गर्न चिनियाँ कम्पनी सिनो हाइड्रोलाई ठेक्का दिएको छ ।

Advertisement

राष्ट्रिय गौरवको आयोजना भएकाले मजदुरले आन्दोलनमा उत्रिएर काममा बाधा पुर्‍याएपछि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (क) अनुसार निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेमजोङले बताए ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top