३५ किलो गाँजासहित तीन युवक पक्राउ

२० भदौ ७६, शनिबार

२१ भदौ, उदयपुर।

प्रतिबन्धित लागु औषध ३५ किलो गाँजासहित तीन युवक पक्राउ परेका छन् । उनीहरुलाई शुक्रबार सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प रामपुर ठोक्सिलाले विशेष सुराकिको आधारमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–८ बरगाछीका २८ वर्षीय योजेन्द्र गजमेर, वडा नम्बर १५ श्यामचोकका ३१ वर्षीय धर्मराज श्रेष्ठ र वडा नम्बर ३ पिण्डेश्वरका २७ वर्षीय विनोद सुनार रहेको सशस्त्र प्रहरी बल पाँच नम्बर त्रियुगा गणका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गार्धन राईले जानकारी दिए ।

उनका अनुसार बि.आर. ११ एफ ३२५७ नम्बरको भारतीय जिपमा नेपाली नम्बर मे १ च २२३३ राखेर बेलका नगरपालिका–५ शिखरमाडीबाट सुनसरीको इटहरीतर्फ जाँदै गरेको गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

गाँजा बोक्न प्रयोग भएको गाडी भारतीय भएको एसपी राईले बताए । उनका अनुसार पक्राउ परेका तीनै जना, बरामद गाँजा र गाँजा बोक्न प्रयोग भएको गाडीलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरलाई बुझाइएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top