सडक दुर्घटनामा हिसिला यमी घाइते

२२ भदौ ७६, सोमबार

२३ भदौ, काठमाडौं ।

Advertisement

समाजवादी पार्टीकी नेतृ हिसिला यमी सडक दुर्घटनामा परि घाइते भएकी छिन् ।

आइतबार साँझ मोटरसाइकलले उनी चढेको इ–स्कुटरलाई ललितपुरको बालकुमारीमा ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएकी यमीलाई ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा भर्ना गरिएको छ। उनी मंगलबार डिस्चार्ज हुँदैछिन्।

Advertisement

भक्तपुरमा भएको कार्यक्रमबाट बालकुमारीको पार्टी कार्यालय आउँदै गर्दा मोटरसाइकलले ठक्कर दिएको छोरी मानुषीले बताएकी छिन् । यमीको टाउकोमा चोट लागेको छ ।

मानुषीका अनुसार यमीले दुर्घटनापछिको करिब एक–डेढ घन्टा मेमोरी नै गुमाएकी छिन्। यमीले केही समयअघि इ–स्कुटर किनेर आफैं चलाउन सिकेकी थिइन।

Advertisement

यद्यपी आइतबार भने उनकी निजी सुरक्षा गार्ड मनिषा लामाले स्कुटर चलाएकी थिइन। लामाको भने घुँडामा सामान्य चोट लागेकाले उनलाई हिजै डिस्चार्ज गरिएको छ।

यमी चढेको स्कुटरलाई ठक्कर दिने मोटरसाइकल चालकललाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top