लियोको अभिमुखिकरण तालिम सम्पन्न

२३ भदौ ७६, सोमबार
Share this
714shares

२३ भदौ, विराटनगर । लियो क्लब अफ बिराटनगर ग्लोबलको आयोजनामा अभिमुखिकरण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

Advertisement

बिराटनगर , रानी स्थित देउराली होटलमा सम्पन्न उक्त तालिममा लियो चाँद इराकीले नव आगन्तुक तथा अन्य प्रशिक्षार्थीहरुलाई लियो क्लबको बारेमा प्रकाश पारेका थिए ।

Advertisement

सो अवसरमा पत्रकार एवम प्रशिक्षक सोनुकुमार दासले नेतृत्व विकासको तालिम प्रदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि बिराटनगर १५ का वडाध्यक्ष असल आलमले यस्ता तालिमले युवाहरुमा थप उर्जा थपेको बताए ।

यस्तै उनले आगामी दिनमा लोगुऔषध सेवनको नियन्त्रण तथा यस विषयमा सचेतनात्मक कार्यक्रम संचालन गर्न सुझाव दिए । यस्तै लियो क्लब अफ विराटनगर ग्लोबलको अध्यक्ष मोजाहिद इराकीले आगामी दिनमा थप कार्यक्रम तथा तालिमहरु संचालन गरिने बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top