सरकारप्रति जनतामा बितृष्णा बढ्योः गच्छदार

२३ भदौ ७६, मंगलबार

२४ भदौ, विराटनगर ।

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारप्रति जनतामा बितृष्णा बढेको बताएका छन् ।

उनले विभिन्न समयमा देशभरि देखिएको असन्तृष्टि मुलुकको राज्य ब्यवस्थाप्रति नभई सरकारप्रति भएको दाबी गरे ।

सुनसरीको इनरुवामा आयोजित कांग्रेसको दोश्रो चरणको जनजागरण अभियानमा सहभागि हुन विराटनगर आएका गच्छदारले विमानस्थलमा संचारकर्मीसंग कुराकानी गदै वर्तमान सरकारले जनअपेक्षा र संबिधान अनुसार काम गर्न नसकेको कारण जनतामा नैराश्यता छाएको दाबी गरे ।

उपसभापति गच्छदारले आफ्नो कमि कमजोरी लुकाउन राज्य ब्यवस्था प्रति षडयन्त्र भइरहेको भनेर सरकारले नै प्रचार–प्रसार गरेको आरोप समेत लगाए ।

उपसभापति गच्छदारले मुलुकमा प्रजातन्त्र,लोकतन्त्र र संघीयता स्थापित भइसकेकाले राज्य ब्यवस्था परिवर्तन हुने कुरा कल्पना समेत गर्न नसकिने बताए ।

पत्रकारले राखेको जिज्ञाशामा गच्छदारले आफुले नेपाली कांग्रेस छाडेर जाने वा अरु नै पार्टी खोल्ने कुरा भ्रामक र कपोलकल्पित भएको बताए ।

उनले नेपाली कांग्रेस र तत्कालिन फोरम लोकतान्त्रिकबीच भएको सहमति अनुसार जिल्ला,प्रदेश र केन्द्रमा नेता तथा कार्यकर्तालाई सहभागि गराउने छलफल चलिरहेको र त्यो बिषय चांडै टुंगिने दाबी समेत गरे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top