भदौ २६, एजेन्सी । इराकको राजधानी बगदादबाट उत्तरमा रहेको सलाहेद्दीन क्षेत्रमा अमेरिकी विमानले आइएस विरूद्ध भारी बम वर्षा गरेको छ ।
इराकी सुरक्षा सैनिक र आइएस विरूद्धको अमेरिकी नेतृत्व गठबन्धले सैन्य अपरेशनमा कति व्यक्तीको निधन भयो भन्ने सार्वजनिक गरिएको छैन ।
अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार अमेरिकी आधुनिक एफ ३५ र एफ १५ लडाकु विमानको मद्दतले हमला गरेको जनाइएको छ। समाचार अनुसार तिगडी नदीमा रहेको एक टापूमा आइएसआइएसको अखडा रहेको अमेरिकाले दावि गरेको छ ।
