डेंगु बारे सूचना दिन सरकारलाई आदेश

३० भदौ ७६, सोमबार

३० भदौ, काठमाडौं ।

Advertisement

राष्ट्रिय सूचना आयोगले मुलुक भित्र फैलिँदो डेंगु रोगबाट बच्न आवश्यक सूचना प्रवाहको उचित व्यवस्था तत्काल गर्न सरकारलाई आदेश दिएको छ ।

राष्ट्रिय सूचना आयोगले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो रोगबाट बच्न नागरिकलाई आवश्यक सूचना प्रवाहको उचित व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा आदेश जारी गरेको हो ।

Advertisement

डेंगु रोग लाग्न नदिन, लागे त्यसबाट बच्ने उपायहरुबारे आम नागरिकलाई उचित सूचना प्रवाह हुनेगरी आवश्यक व्यवस्था देशभर मिलाउन सरकारलाई आदेश दिइएको आयोगकी प्रवक्ता यशोदादेवी तिम्सिनाले जानकारी दिइन् ।

आयोगले आइतबार स्वास्थ्य मन्त्रालयका पदाधिकारी र चिकित्सकहरुको टोलीसँग परामर्श गरेपछि सो रोगबाट बच्न आम नागरिकलाई आवश्यक सूचना प्रवाह गर्न सरकारको नाममा आदेश दिएको हो ।

Advertisement

आयोगको आदेशमा संघीय सरकारले प्रदेश सरकार र स्थानीय तहसँग पनि समन्वय गरी सबै प्रदेश र सबै पालिकाहरुबाट पनि सो रोगबाट बच्ने उपायसहितको सूचना आम नागरिकलाई प्रवाह गर्ने व्यवस्था तत्काल मिलाउन भनिएको छ ।

आयोगले सो रोगबाट बच्ने उपायबारे आम संचार माध्यामबाट पनि सूचना प्रवाह गर्न सरकारलाई सचेत गराएको छ ।

सूचनाको अभावमा सो रोगबाट मानिसहरुको ज्यान जाने, सहि सूचनाको अभावमा आतंकित हुनुपर्ने अवस्था नआओस् भनेर सरकारलाई त्यसबारे सही सूचना जनतालाई उपलब्ध गराउन आदेश दिनु परेको प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले जानकारी दिए ।

मुलुकमा ८ हजार भन्दा बढि डेंगु रोगको विरामी भेटिएको छ भने ७० हजारभन्दा बढिमा यसको संक्रमण देखिएको छ । ६ जनाको ज्यान लिइसकेको सो रोग नियन्त्रणका लागि आवश्यक कदम चालिएको सरकारको दावी छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top