मोरङमा अब लुक्दैन अपराध,६० किलोमिटरमा ५८ सिसी क्यामेरा

३० भदौ, विराटनगर । मोरङका विभिन्न ५८ स्थानमा नयाँ सिसी क्यामेरा जडान गरिएको छ । प्रदेश १ सरकारको १ करोड ५३ लाख ५८ हजार ५ सय रुपैयाँको लागतमा मोरङका ५८ स्थानमा क्यामेरा जडान गरिएको हो ।

सोमवार जिल्ला प्रहरी कार्यालय मोरङमा भएको सिसीटिभी समुद्घाटन कार्यक्रममा मोरङका विभिन्न ५८ स्थानमा जडान गरिएका नयाँ सिसी क्यामेराको मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे । कार्यक्रममा प्रदेशका मन्त्रीहरु,नेपाल प्रहरीका प्रहरी महाननिरिक्षक सर्वेन्द्र खनाल, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै मोरङ्गका एसपी विश्व अधिकारीले १ करोड १४ लाखको सिसी क्यामेरा जडान गरिएको जानकारी दिए । उनले काठमाडौं पछि मोरङ्ग जिल्लामा दोस्रो ठूलो नेटवर्कको रुपमा ६० किलोमिटरमा हुने गरी अप्टिकल फाइबर विच्छाइएको र यो ३ खण्डमा विभाजन गरिएको बताए ।

पहिलो खण्डमा रानी देखि महानगरको ढाँटसम्म, दोस्रो इटहरीको बुढी खोलादेखि भाउन्नेसम्म र तेस्रो पथरीदेखि उर्लाबारीसम्म फाइबर विच्छाइएको छ । फाइबरको आयु १० वर्षसम्म रहने छ ।

अधिकारीका अनुसार अपराधिक घटनाको अनुसन्धान र निगरानीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी र बेलबारीबाट सीसी क्यामेराको मनिटरिङ हुनेछ ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री शेरधन राईले सिसी टिभीले सवै प्रकारका अपराधहरुको नियन्त्रण, निगरानी र अनुसन्धानमा उल्लेखनीय सकरात्मक उपलब्धीहरु हाँसिल हुने बताए ।

उनले प्रदेश १ भरि नै सुशासन कायम गर्नको निम्ति सिसी क्यामेराले सघाउ पु¥याउने पनि विश्वास व्यक्त गरेका छन् । उनले आधुनिक प्रविधिलाई उच्चतम प्रयोग गरेर अपराधका कारक तत्वहरुलाई पत्ता लगाउने पनि बताए ।

फरक प्रसङ्गमा उनले प्रविधिहरुको प्रयोगले निरन्तरता नपाउने देखिएको बताउँदै प्रविधिको दिगो रुपमा सञ्चालन गर्न प्रदेश सरकार उच्च मनोबलका साथ लागि पर्ने पनि बताए ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले महानगर भित्र ३२ वटा सिसी क्यामेरा जडान गरिसकिएको जानकारी गराएका थिए । उनले महानगरले नगर सुरक्षा नियन्त्रण कक्षका लागि २० लाख र सिसी क्यामेरा जडानकालागि १० लाख सहयोग रकम विनियोजन गरिएको बताए ।

मेयर पराजुलीले हरेक टोल, वडा र स्थानीयतहमा समुदाय र प्रहरी साझेदारी कार्यक्रमलार्ई पनि निरन्तरता दिएको र यसले प्रभावकारी काम गरिरहेको पनि बताए ।

यसैविच, कार्यक्रममा बोल्दै नेपाल प्रहरीका प्रहरी महाननिरिक्षक सर्वेन्द्र खनालले प्रहरीले प्रविधिमैत्री भएर नेपालकै सन्दर्भमा उल्लेखनीय कदम चालेको भन्दै अपराध नियन्त्रण, अनुसन्धान र रोकथामका लागि दृढताका साथ नेपाल प्रहरी अग्रसर रहेको बताए ।

यसैसन्दर्भमा सवैको मर्यादालाई केन्द्रविन्दुमा राखेर प्रहरीको कार्यलाई अघि बढाउन प्रदेशले चालेको यो कदमले निकै सघाउ पु¥याउने पनि बताए ।

विराटनगर रानीदेखि ढाटसम्म ३२ वटा, इटहरीको बुढीखोलादेखि भाउन्ने सम्म १३ वटा र पथरीदेखि उर्लाबारीसम्म १३ वटा क्यामेरा जडान गरिएको छ ।

बिराटनगरको मुख्यबजार क्षेत्रमापनिक्यामेराहरु जडानगरिएका छन् । तर निर्माणाधिन सडकका कारण विराटनगर क्षेत्रका क्यामेरा प्रयोगमा आएका छैनन् । प्रहरीले अब जिल्लाभर १५४ स्थानमा क्यामेरा मार्फत निगरानी गर्नेछ ।

यसैबीच दुई महिनाको समयमा प्रहरीले ९ हजार ७ सय सवारी साधनलाई कार्वाही गरेको जनाएको छ । जसबाट ५४ लाख राजश्व असुली गरिएको छ ।

त्यसैगरी कानुन कार्यान्वयनमा कठोरता अनुरुप फरार अपराधीहरुलाई कानुनको दायरामा ल्याउने हकमा मोरङ्ग प्रहरीले विगत एक वर्षमा देशकै अग्रस्थानमा रहदै १७ प्रतिशत र प्रदेशभरि बाट ३३ प्रतिशत अर्थात ५ सय ४२ जना फरार अपराधीहरुलाई पक्राउ गर्न सफल भएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top