जितपुर, कपिलवस्तु, ७ फागुन ः चार दिनअघि हराएका यहाँको मायादेवी गाउँपालिका–४, पिपराका वडाध्यक्ष फत्तेह मोहम्मद मुसलमानका ६ वर्षीय छोरा मृत अवस्थामा भेटिएका छन् ।
गुलडिहवाको निसवा स्कूल पढ्न जाँदै गर्दा चार दिनअघि बेपत्ता मोहम्मदका छोरा ऐमानको शव आइतबार आफ्नै घर नजिकैको पोखरीमा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
मृतकका बाबु अर्थात् वडाध्यक्ष फत्तेहले भने चार दिनअघि आफ्नो छोरा हराएको नभई अपहरणमा परेको बताए । अपहरणकारीले नै आफ्नो छोराको हत्या गरेको उनले दाबी गरे । मृतक बालकको शरीरमा कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ ।
शव आइतबार नै परीक्षण गरिएको छ । अहिलेसम्म रिपोर्ट नआएको हँुदा केही भन्न नसकिने र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए ।
(रासस)