Nepal Times
Nepal Times
3
Shares

संघीय संसदको पहिलो बैठक २१ गते ४ बजे

संघीय संसदको पहिलो बैठक २१ गते ४ बजे

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको पहिलो अधिवेशन आह्वान गरेकी छन्।

मन्त्रिपरिषद्को सिफारिशमा संविधानको धारा ९३ को उपधारा १ बमोजिम फागुन २१ गते सोमबार संसद अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

अधिवेशन नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो ४ बजेका लागि बोलाइएको छ।

प्रतिनिधि सभाको चुनाव भएको ३ महिना र राष्ट्रिय सभाको चुनाव भएको झन्डै महिना दिनपछि संघीय संसदको बैठक बस्न लागेको हो।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.