मानवअधिकार आयोगको नाममा अर्बौं गोलमाल

६ फागुन ७४, सोमबार

काठमाडौं : विदेशी मुलुक र दातृ निकायबाट राष्ट्रिय मानवअधिकार आयोगका नाममा लिएको अर्बौं रकम गोलमाल भएको छ।अर्थ मन्त्रालयले शान्ति, मानवअधिकार तथा सुशासनका लागि भन्दै ठूलो रकम लिए पनि आयोगले भने एक पैसा पाएको छैन।

स्वतन्त्र संवैधानिक आयोगलाई देखाएर प्राप्त गरेको रकमको हिसाब नदेखाएपछि आयोगले अर्थ मन्त्रालयलाई तीनपटक स्पष्टीकरण सोधिसकेको छ। स्पष्टीकरणका लागि अर्थसचिवलाई उपस्थित हुन निर्देशन दिए पनि सचिव भने आयोगमा उपस्थित भएका छैनन्। तर, अर्थले हिसाब त परै जाओस् पत्रको कुनै जवाफसमेत दिएको छैन।

अन्नपूर्णलाई प्राप्त वैदेशिक सहायता विवरणअनुसार डेनमार्कले आर्थिक वर्ष ०७२÷७३ मा २० करोड डेनिस क्रोनर आयोगका नाममा अर्थ मन्त्रालयले प्राप्त गरेको छ। यो रकम प्रचलित नेपाली रुपैयाँअनुसार तीन अर्ब ४० करोड ३० लाख हुन आउँछ। यस्तै, आर्थिक वर्ष ०७३÷७४ मा ३० लाख डेनिस क्रोनर आएको छ। यो रकम पाँच करोड १० लाख रुपैयाँ हुन्छ। यसैगरी, आर्थिक वर्ष ०७४÷७५ मा डेनमार्कमार्फत अमेरिकी डलर २९ हजार सात सय १६ (करिब साढे ३० लाख रुपैयाँ) प्राप्त भएको छ।

शान्ति निर्माण र प्रजातन्त्रको विकास, स्थानीय सुशासन, न्यायमा पहुँच र महिला अधिकारको नाममा वैदेशिक रकम भित्रिएको छ। अर्थ मन्त्रालयले द्विपक्षीय एवं बहुपक्षीय वैदेशिक स्रोत तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत रकम प्राप्त गरेको छ तर आयोगको नाम भजाएर प्राप्त यो रकमबारे आयोग पदाधिकारीलाई कुनै सूचनासमेत दिइएको छैन। ‘खर्च गरिएको शीर्षकमा पनि कार्यक्रम भएको हामीलाई जानकारी छैन’, आयोग अधिकारीले भने।

सन् २०१४ देखि १८ सम्म लगातार रकम प्राप्त भएको छ। आयोगलाई प्राप्त उक्त रकम सरकारका उच्च अधिकारीको विदेश भ्रमण र फजुल काममा खर्च भएको आशंका आयोग अधिकारीको छ। आयोगका नाममा विदेशी दातृ निकायले सहयोग गरे पनि अर्थले एक रुपैयाँ हिसाब नदेखिएपछि आयोग अध्यक्ष अनुपराज शर्मासहितका पदाधिकारीले माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर ध्यानाकर्षणसमेत गराए।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top