प्रतिनिधिसभाबाट वित्तीय उत्तरदायित्व विधेयक पारित

१ असोज ७६, बिहीबार

२ असोज, काठमाडौं ।

सेफगार्ड, एन्टी डम्पिङ तथा काउण्टर भेलिङ विधेयक २०७५, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७५ सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनलाई प्रतिनिधिसभाले स्वीकृत गरेको छ ।

राष्ट्रिय सभाबाट संशोधनसहित प्राप्त यी दुई विधेयकलाई प्रतिनिधिसभाको विहिबारको दोश्रो बैठकले सर्वसम्मति स्वीकृत गरेको हो ।

Advertisement

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७५ का सम्बन्धमा नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजाल र प्रेम सुवालले आर्थिक अनुशासन कायम रहने गरि बलियो कार्यविधि बनाउनु पर्ने सुझाव दिएका थिए ।

प्रत्येक व्यक्तिको भागमा रहेको ऋण घटाउने, व्यापार घाटा कमगर्ने, भ्रष्टाचार नियन्त्रण लगायत विषय सम्बोधन गर्ने गरि कार्यविधिमा व्यवस्था गर्नुपर्ने धारणा उनीहरुले राखेका थिए ।

Advertisement

छलफलमा सांसदहरुबाट उठेका जिज्ञासाको सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सबै समस्याको एउटै हल आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन मात्रै नभएको भन्दै आर्थिक अनुशासनपालना गराउनका लागि अन्य कानुनहरुको पनि उत्तिकै प्रभावकारी कार्यान्वयन गर्न सके आर्थिक विसंगतिको समाधान गर्न सकिने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top